बेल्जियममा नेपाली महिलाद्वारा आत्महत्या

२८ जेठ, बेल्जियम ।
बेल्जियमको लुभेन शहरमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् ।

२९ वर्षीया नेपाली महिला सरिता थापाले आफनै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

बेल्जियममा व्यवसाय गर्दै आएका राजु थापाकी पत्नी सरिताको आत्महत्याको कारण खुल्न सकेको छैन ।

पाँच वर्षका नाबालक छोरा समेत रहेकी सरिता केही समययता डिप्रेसनमा रहेको बताइएको छ ।

बेल्जिमयस्थित अनलाइन इनफर्मेल डटकमले यसबारेमा लेखेपनि पुष्टि भइसकेको छैन ।

प्रहरीले थापाले आत्महत्या गरेको पुष्टि गरेको छ । सरिताका श्रीमान सन् २००० मा बेल्जियम आएका थिए भने सरिता सन् २००९ मा बेल्जियम आएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

कर्णेल कुमार लामा विरुद्ध बेलायती अदालतमा सुनुवाई हुँदै

२८ जेठ, लण्डन ।
द्धन्द्धका समयमा माओवादी बिरुद्धको कारवाहीमा चरम मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा लामा बिरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

लामा माथि कपिलवस्तु गोरुसिंगेस्थित सेनाको ब्यारेकमा थुनामा रहेका दुईजना सर्वसाधारणलाई यातना दिएको अभियोग छ । तर लामाले भने आरोप अस्विकार गर्दै आएका छन् । लामा सो समयमा गोरुसिंगेस्थित सेनाको ब्यारेकका प्रमुख रहेका थिए ।

लामा सन् २०१३ मा दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको शान्तिस्थापनार्थ खटेका बेला विदामा बेलायत रहेकी श्रीमती भेट्न जाँदा मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र र सूर्यबहादुर थापाविरुद्ध आयोगमा उजुरी

२८ जेठ, काठमाडौं  ।

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् ।

पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका राजधानी दैनिकमा समाचार छ ।

सो घटनाहुदाँ कमल थापा गृहमन्त्री, अनन्तराज शर्मा पाण्डे गृहसचिव, प्यारजंग थापा प्रधानसेनापति थिए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको समयमा राज्यपक्षद्वारा माओवादी जनसरकार प्रमसखर बाबुरमा लामासहित २२ जना माओवादी नेताकार्यकर्ताको सामूहिक हत्या गरिएको निवेदकहरुको दाबी छ । उक्त घटनापति माओवादी सरकारसँगको वार्ता भंग भएको थियो ।

देउवा विरुद्ध नै मोर्चाबन्दी,खुमबहादुरले भने तिमी दिन्छौ कि म दिउँ !

२८ जेठ, काठमाडौं ।

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यका बारे कुनै निर्णय नगरेको भन्दै पार्टी भित्रै उनको चर्को आलोचना सुरु भएको छ । आलोचना मात्रै होइन सभापति देउवा विरुद्ध नै मोर्चाबन्दी समेत सुरु भएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ–महाधिवेशनको समयमा उपसभापति बनाउने आश्वासन दिइएका खुमबहादुर खड्काले आफूलाई मनोनयन नगरे अब नसहने भन्दै आफ्नो पक्षमा भेला गरेका छन् । उनले पुष्पा भुसाललाई सहमहामन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

आफूलाई उपसभापति र कुलबहादुर गूरुङलाई वरिष्ठ नेता बनाउनुपर्ने खड्काको प्रस्ताव छ । खड्काले आफ्नी श्रीमतीलाई समेत केन्द्रीय सदस्य बनाउन देउवालाई दबाव दिएका छन् । महाधिवेशनमा दिइएको आश्वासन पूरा नभएको भन्दै खड्काले देउवालाई एक साता भित्र सबै काम सम्पन्न गर्न आग्रह गरेका छन् । आफ्नो आग्रहलाई लत्याइए राम्रो नहुने भन्दै खड्काले देउवा समक्ष धम्कीको नै भाषा बोलेको स्रोतको दावी छ ।

मैलै महाधिवेशनमा तिमीलाई जिताउन मैलै दिएको योगदानलाई भूलेर जवरजस्ती गरिए राम्रो हुन्न । खड्काले विमलेन्द्र निधि मार्फत देउवालाई सन्देश पठाएको शंकर भण्डारीले बताउँदै हिड्ने गरेका छन् । भण्डारीलाई समेत खड्काले वरिष्ठ सदस्य बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उता सभापतिमा पराजित रामचन्द्र पौडेलले पनि केन्द्रीय समितिको मनोनय र पदाधिकारी चयनमा फरक मतलाई समेत सम्मान गर्न आग्रह गर्दै आएका छन् । फरक मतलाई सम्मान नगर्ने तथा जोर जवस्ती गरिए महाधिवेशन प्रतिनिधिको बैठक बोलाएर सभापति विरुद्ध कुनै पनि प्रकारको कदम समेत चाल्न आफूहरु तयार हुनुपर्ने निष्कर्षमा पुगेका छन् ।

कनकमणिलाई अर्को संकट : अख्तियारद्धारा अरबौंको जग्गा रोक्का

२८ जेठ, काठमाडौं ।

तत्कालीन रानी जगदम्बाले परोपकारी भावनाले स्थापना गरेको ‘जदगम्बा दातव्य औषधालय’तथा स्वर्गीय मदनशमशेर राणाको नामा स्थापित ‘मदन धारा समिति’का नाममा रहेको ४८ बिघा र ५३ रोपनी जग्गा बेच्ने प्रयत्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जग्गा रोक्का राख्न बिहीबार भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयलाई परिपत्र गरेको छ । जगदम्बाको आदेशबमोजिम २०१५ साल असोजमा साहित्यकार एम मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको दुलारी ५ मा रहेको उक्त जग्गा खरिद गरेको अख्तियारले जनाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ  ।

सीके राउतलाइ नजिक्याउने बाबुरामको कसरत

२८ जेठ , काठमाडौं  ।

तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।

दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन् ।

यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ ।

राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।

भट्टरार्इ आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नु पर्ने अभिव्यक्ति रेकर्ड गराइका थिए । राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छन् ।

भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन् आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

रोनाल्डो विश्वकै महंगा खेलाडी, मेस्सी पछि परे

२७ जेठ, एजेन्सी ।
पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी भएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्स निकालेको सर्वा्धिक पारिश्रमिक पाउने १० खेलाडीको सूचीमा रोनाल्डो एक नम्बरमा परेका हुन् ।

रोनाल्डोले यो वर्षको जुन १ सम्म ८८ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको उल्लेख छ । रोनाल्डोले पारिश्रमीक बापत ५६ मिलियन डलर बुझेका छन् भने ३२ मिलियन डलर विज्ञापन वापत् बुझेका छन् ।

रोनाल्डोपछि सर्वा्धिक पारिश्रमिक पाउने खेलाडी हुन् बार्सिलोनाका स्टार लियोनल मेसीले पछिल्ला १२ महिनामा ८१.४ मिलियन  अमेरिकी डलर पारिश्रमिक बुझेको फोर्व्सले उल्लेख गरेको छ ।

सर्वा्धिक पारिश्रमिक पाउने खेलाडीको तेस्रो नम्बरमा भने बास्केटबलका स्टार लिवोर्न जेम्स छन् उनले ७७।२ मिलियन डलर कमाइ गरेका छन् । जेम्सले विज्ञापनमा खेलेवापत् बार्सिलोना र रियल मड्रिडका खेलाडीभन्दा बढी कमाइ गरेका छन्। उनले विज्ञापनबाट मात्रै ५४ मिलियन डलर कमाएका छन् ।

यस्तै चौथो स्थानमा रोजर फेडेरर छन् उनले ६७.८ मिलियन डलर कमाएका छन् भने पाँचौ स्थानका केभिन डुरान्टले ५६.२ मिलियन डलर, छैठौ स्थानका नोभाक जोकोभिचले ५५.८ मिलियन डलर कमाएका छन् ।

सातौं स्थानमा रहेका क्याम न्यूटनले ५३.१ मिलियन डलर, आठौंमा रहेका पिल मिकेलसनले ५२.८ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै कमाउनेको सूचीमा ९ नम्बरमा रहेका जोर्डन स्पिथले ५२.८ र १० नम्बरमा परेका कोबे ब्रायन्टले ५० मिलियन डलर पारिश्रमिक पाउँछन् ।

शेयर बजारको परिसूचक अहिलेसम्मकै उच्च

२७ जेठ, काठमाडौं ।
आन्तरिक शेयर बजारमा विहिबार शेयर बजारको परिसूचक नेप्से बढेर हालसम्मकै उच्च अंकमा पुगेको छ ।

बिहिबार १९ दशमलब ९ अंकले बढेर नेप्से हालसम्मकै बढी १ हजार ५६६ दशमलब ७० अंकमा पुगेको हो ।

यसैगरी, शेयर बजारमा विहिबार १३७ कम्पनीका १ अर्ब ८९ करोड ९४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको र यो कारोबार रकम पनि हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

विहिबार शेयर बजारमा बीमाको परिसूचक ५९५.४३ अंकले बढेर हालसम्मकै उच्च ८ हजार ६५४.३२ अंकमा पुगेको र असार नजिकिन लागेकाले नेप्से निरन्तर बढ्दै विहिबार उच्च अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।

असारमा कम्पनीहरुले लगानीको प्रतिफल दिने र बैंकहरुले जस्तै बीमा कम्पनीहरुले पनि पूँजी बढाउन लागेको भन्ने चर्चा बजारमा चलेकाले पनि शेयर कारोबार उच्च भएको प्रवक्ता पराजुलीले स्पष्ट गर्नुभयो ।

बजेट कार्यान्वयन गराउन अर्थमन्त्रालयको पूर्व तयारी

२७ जेठ, काठमाडौं ।
व्यवस्थापिका संसद्बाट आगामी आर्थिक वर्ष २०७३–७४ को बजेट पारित भए लगत्तै कार्यान्वयनमा लैजाने गरी हाल बजेट कार्यान्वयनको पूर्वतयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

विहिबार अर्थ मन्त्रालयमा रेडियो नेपालसँग कुरा गर्दै अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मुकुन्द पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको कार्ययोजना तयार गर्ने काम भइरहेको बताउनुभयो ।

कार्ययोजनामा आयोजना कार्यान्वयनका लागि निश्चित अवधिमा सम्पन्न गर्नुपर्ने कामको क्रमवद्ध तालिका, सम्बद्ध पदाधिकारीको जिम्मेवारी, जनशक्ति व्यवस्थापन र आयोजना सम्पन्न नभएसम्म सम्बन्धित आयोजनामा कार्यरत कुनै पनि कर्मचारी सरुवा नगर्ने लगायतका व्यवस्था गर्ने सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सहसचिव पौडेलले व्यवस्थापिका संसद्बाट आगामी आर्थिक वर्षको बजेट पास भएलगत्तै बजेट कार्यान्वयनको कार्ययोजना सहित बजेट खर्चको अख्तियारी सबै मन्त्रालय र सम्बद्ध निकायहरुमा पठाइने पनि बताउनुभयो ।

बिप्लवको हिंसात्मक बन्दको आशिंक प्रभाव, जनताबाट चर्को बिरोध

२७ जेठ, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका कारण देशभर आंशिक प्रभाव परेको छ ।

राजधानीमा सार्वजनिक यातायात लगभग बन्द रहँदा जनजीवन प्रभावित भएको थियो भने शैक्षिक संस्थाहरुमा पठन पाठन ठप्प भएको थियो ।

बन्दकर्ताले देशका विभिन्न भागमा १४ वटा सवारी साधनमा क्षति पु¥याएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बन्दकै क्रममा सर्लाहीको हरिवनमा जम्मा भएका उत्तेजित भिडले प्रहरी माथि आक्रमण प्रयास गरेकोमा आत्मरक्षाका लागि प्रहरीद्वारा ९ सेल अश्रुग्याँस प्रहार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

जवरजस्ती बन्द गराउँदै हिंड्ने १९२ जनालाई प्रहरीले देशका विभिन्न भागबाट नियनत्रणमालिएको पनि गृहमन्त्रालयले जनाएको छ ।

स्नातकोत्तर पढ्ने विद्यार्थीले ६ महिना समृद्ध नेपाल निर्माणका लागि सेवा गर्नुपर्ने

२७ जेठ, काठमाडौं ।
सरकारले अगामी आर्थिक वर्षदेखि स्नातकोत्तर तहमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सत्रको अन्तिम ६ महिना समृद्ध नेपाल निर्माणका लागि विभिन्न गाउँ विकास समितिमा पठाउने घोषणा गरेको छ ।

बजेट मार्फत् घोषित समृद्ध नेपाल निर्माण सेवा अन्र्तगत गाउँमा गएका विद्यार्थीहरुले त्यहाँको विकास निर्माण र अध्ययन अध्यापनको कार्य गर्नु पर्ने छ ।

शिक्षा मन्त्रालयले स्नातकोत्तर तहमा अध्यानरत विद्यार्थीहरुलाई गाउँ विकास समितिमा पठाउने विषयमा विश्व विद्यालयहरुसँग छलफल गरेर छिट्टै कार्यविधि बनाउने तयारी गरीरहेको शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले जानकारी दिनुभयो ।

अग्निको उद्घोष ! ‘०७४ साल माघ १४ गतेसम्म ओली सरकार रहन्छ’

२७ जेठ, झापा ।
कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले २०७४ साल माघ १४ गतेसम्म यहि सरकार रहि रहने बताउनुभएको छ ।

प्रेस चौतारी झापाले आज बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा उहाँले दलहरु बीच राष्ट्रिय सहमति कायम गरेर संविधान कार्यान्व्यन तर्फ लाग्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web