के हो मेरो पहिचान ? -अनिता यादव

कसैले तपाईंलाई मर्सिया, भैयाँ, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू, काले, धोती, भेले आदि भनेर रंगभेद र दुव्र्यवहार गर्छ भने त्यो तपाईंको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छेको संकीर्ण सोचाइ र कमजोरी हो। कुनै जमानामा हाम्रै देश नेपालमा मनु मखु, मस्या ख:, अर्थात् 'मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो।

आज आएर यही देशमा मधिसे मूलका डा. रामवरण यादव प्रथम राष्ट्रपति बने, भोलि जो कुनै पनि राष्ट्रपति बन्न सक्छ। म मधेसमा जन्मेँ। कालो छु, कसैको नाक थेप्चो छ, कसैको नाक चुच्चो छ, कसैको आँखा चिम्सो छ, कसैले ट ट गरेर बोल्छ।

कालो वर्ण, चुच्चे नाक, थेप्चो नाक, चिम्सो आँखा त प्लास्टिक सर्जरी गरेर परिवर्तन होला तर तपाईंको विचार, सोच र शैलीलाई के गर्ने ? नेपालमा अहिले एक सय २५ भन्दा धेरै जनजाति छन् भने करिब एक सय १० भन्दा बढी भाषाभाषी छन्। अनेकतामा एकता र एकतामा अनेकता नै नेपालीको विशेषता हो।

हाम्रो देश बहुसंस्कृतिको धनी देश मानिन्छ जसको मि श्रणले नेपाली संस्कृति बनेको छ। पहिचानका लागि लड्ने हो भने म त मिथिलावासी हुँ। सबै तराईवासी मिथिला होइनन्। आधाभन्दा बढी मिथिलावासी इन्डियामा छन्। अब भन्नुहोस् म मेरो पहिचानको लागि नेपालसँग लडुँ वा इन्डियासँग लडुँ ?

पहिचानकै लागि संघर्ष गर्ने हो भने त मेरो पहिचान मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन। त्यसैले भाषा, संस्कृति, रहनसहन, धर्म, सामाजिक सम्बन्धलाई राजनीतिक रंग दिन हुँदैन।

जातीय विभेदी मानसिकताको अशोभनीय चिन्तनलाई चाँडोभन्दा चाँडो अन्त गरौं नत्र यसले विनाश निम्त्याउँछ, सामाजिक द्वन्द्व बढाउँछ, देश शक्तिहीन बनाउँछ। केही निहित स्वार्थका लागि देश तथा जनताको बली नचढाऊ। नेपाली भन्न सिक्नुभन्दा स्वाभिमानी नेपाली बन्न सिकौं। अब हामीले हिँड्ने बाटो लामो छ, उकालो छ, अप्ठ्यारो छ, अत्यासलाग्दो छ तर हामी सबै मिलेर हिँड्ने हो भने एक दिन गन्तव्यमा पुग्न अवश्य सफल भइन्छ।

अन्तर्राष्ट्रिय जगत्मा हाम्रो पहिचान नेपालीभन्दा अरू केही हुन सक्दैन। हो, अरू पहिचान भए पनि त्यसको औचित्य हुँदैन, विभाजनको बीउ रोपेर देशमा अस्थिरता निम्त्याउने काम नगरौं नेपाली पहिचानबाहेक अरु निहुँ खोज्नेहरूलाई राजनैतिक मसलामात्र हो। अहिले भएकै सिंगो पहिचान संरक्षण गर्न सकिएको छैन भने अब बन्ने बाइसेचौबीसे पहिचान संरक्षण कसरी हुन्छ होला ?

शान्ति र समृद्धिको लागि जनताले लडे, मतदान गरे, संविधान पनि ल्याए तर पनि रगतको खोलो अझै बगिरहेको छ। मानवीय सम्बन्ध नै सबैभन्दा ठूलो सम्बन्ध हो जसको सुन्दरता हामीले देशबाट, राजनीतिबाट, सामाजिक संघसंगठन र व्यक्तिव्यक्तिबाट सद्भाव, सम्मान, स्थान बनाउँदै शान्ति र समृद्धितर्फ लाग्नु पर्दछ।

म यादवको छोरी हुँ। जातभात अनि रहनसहनको कुरामा मैले पनि थुप्रै दुव्र्यवहार भोगेको र सहेको छु तर मलाई मेरो देशसँग, सरकारसँग, धर्मसँग कुनै गुनासो छैन। गुनासो त केवल हाम्रो समाजको सोचसँग छ, व्यवहारसँग छ। मैले जहिले पनि देशले मलाई के दियोभन्दा पनि मैले देशलाई के दिए भन्ने कुरामा ध्यान दिएको छु। जब दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोण बदलिन्छ तबमात्र दुनियाँले हामीलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ।

राष्ट्र, राष्ट्रियता, स्वाभिमानको लागि लड्ने हिजो पनि गलत थिएनन्,
आज पनि गलत छैनन् र भोलि पनि गलत हुँदैनन् ! गलत त त्यो हुन्छ जस्ले देश र समाजको हितविपरीत काम गर्दछ। खै के गर्ने नेपालमा राजनीतिक लाभको लागि आफ्नो स्वाभिमान बेच्नेहरू धरै छन्।

गरिबले एक छाक भात खान पाउन, स्वच्छ हावामा सास फेर्न पाउन, पिउन योग्य पानी पिउन पाउन, हरेक नागरिक स्वस्थ होऊन्जस्ता जीवन चलाउन आधारभूत आवश्यकताबाट हामी अझै पनि वञ्चित छौं। असल नेतृत्वले देशको भाग्य निर्धारण गर्छ तर यहाँ बनाउनेभन्दा बिगार्नेको भीड छ, आकाशपाताल जोड्न सपना बाँड्ने र बालुवाको महल बनाउनेको भीड छ। बीचमा घुन पिसिएझैं पिसिएका छन् गरिबदु:खी नेपाली जनता।

नकारात्मक विचार भएको मान्छेहरू संसारको सबै ठाउँमा हुन्छन् नेपालमा पनि धेरै छन् तर दुर्भाग्य खाली नकारात्मक विचार भएको मान्छेको मात्र हालिमुहाली छ। मेरो काम त लेख्दै जान्छु, लेखेकोलाई व्यवहारमा उत्रार्दै जान्छु, सायद मैले लेखेको र गरेका कामले एउटा नौलो सकारात्मक बहस सुरु होला र एक दिन समाजमा नकारात्मक विचारमा कमी पक्कै आउनेछ। आशा छ यो परिवर्तन हाम्रै पालोमा हुनेछ।

दु:ख त मलाई तब लाग्छ जब म देशमा केही गर्नको लागि बाँच्नेभन्दा बाँच्नको लागि केही गर्नेहरूको भीड बढिरहेको देख्छु। म र मजस्ता थुप्रै नेपालीहरू अँध्यारोबीचमा पनि केही आशालाग्दो भविष्यको खोजीमा छौं।

राजनीति केवल जितको लागिमात्रै भयो, यो देशमा हार्न कोही चाहन्नन् तर हरेक पल, हरेक दिन हार्नेहरू नेपाली जनतामात्रै रहे। आजकल हरेक क्षेत्रलाई कमाउने धन्दा बनाउनेहरूको भीड छ। दिनप्रतिदिन राजनीतिले व्यापार उद्योगको रूप लिँदैछ आफ्नै पैसामा आफन्तसँग पटकपटक आफैं बेचिएका छौं हामी ।

खै के भनुँ, कसलाई भनु, म र मजस्ता अरू नेपालीहरू आजकल आशावादीबाट रक्षात्मक निराशावादी बन्न पुगेका छौं। विभिन्न तन्त्रका साथै राजतन्त्रको त बिदाइ गरे नेपाली जनताले तर रजौटातन्त्रबाट कहिले मुक्ति पाउने हो ?

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित यो लेख साभार गरिएको हो । लेखक अनिता यादव पूर्व राष्टपति रामवरण यादवकी छोरि हुनुहुन्छ ।

जापान ‘नेपाल डे फेस्टिवल’को सूचना

४ चैत, टोकियो ।
जापानमा यही अगस्ट ६ र ७ तारिखमा हुन लागेको नेपाल डे फेस्टिवलको बारेमा आयोजक समितिले नयाँ सूचना जारी गरेको छ ।

जारी गरिएको नयाँ सुचना अनुसार जुलाई एक तारीखसम्म खानाको स्टलको लागि होकेन बुझाउनु पर्ने भएकोले खानाको स्टल राख्न ईच्छुक तथा बुकिंग गरेकाहरुलाई अग्रिम रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।

प्रकाशित नयाँ सुचना अनुसार २० तारिख सम्म खानाको स्टल राख्न बुकिंग गरेमा मात्र ३० मान जापानी येन लाग्ने छ ।

यस्तै आफ्नो ब्यानर आफैंले बनाउनुपर्ने छ भने उक्त डिजाइन आफ्नो भएपनि व्यानर आयोजकको डिजाइनमा हुनेछ ।

यस्तै ११ तारिख बाट बुकिगं हुने खानाको स्टलको लागि जुन २५ तारिख सम्म ३२ मान येन शुल्क लाग्ने छ । अर्थात् २ मान थप अतिरिक्त शुल्क लाग्ने छ ।

ब्यापारिक प्रायोजनको लागि भने १० मान येन शुल्क यस अघिकै तोकिएको छ ।

नेपाली बियर तथा अन्य पिय पर्दाथको हकमा बोतलमा बेच्न नपाएपनि कपमा राखेर बेच्न पाइने छ ।

जापान नेपाल डे फेस्टिवल स्टल बुकिङ जुन २५ तारिक सम्म

युरोकप: एडरको उत्कृष्ट गोलले इटली नकआउट चरणमा, स्वीडेन पराजित

एजेन्सी,असार ३ ।  स्वीडेनलाई हराउँदै इटाली युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । एडरको उत्कृष्ट गोलको मदतमा इटलीले स्वीडेनलाई १-० गोल अन्तरले पराजित गरेको हो । जर्जियो चिलिनीले गरेको थ्रोलाई इडरले ८८ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले स्वीडेनका चार खेलाडीले छल्दै हानेको बलले जाली चुमेको थियो ।  प्रि क्वाटर फाइनलमा पुगेको इटालीले आफ्नो पहिलो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । हारपछि स्वीडेको भने अन्तिम १६ मा पुग्ने संभावना निक्कै कठिन भएको छ ।

स्वीडेनले अन्तिम खेलमा बेल्जियमलाई हराएर मात्र पुग्दैन, इटली र रिपब्लिक अफ आयरल्याण्डमा भर पर्नु पर्नेछ । बराबरी खेलेको अवस्थामा भने इटली र रिपब्लिक अफ आयरल्याण्डको नजितामा भर पर्छ भने हारले बाहिरिनेछ ।

ड्रयागन एयर उत्कृष्ट ट्राभल एजेन्ट पुरस्कार सुमेघलाई

३ असार, काठमाडौं ।
लगातार आठौं पटक सुमेघ ट्राभल्सले ड्रयागन एयरको उत्कृट ट्राभल एजेन्ट पुरस्कार जितेको छ ।

बिहीबार साँझ काठमाडौंमा आयोजित एक समारोहमा सुमेघ ट्राभलका प्रमुख मेघ केसीले पुरस्कार ग्रहण गर्नुभयो ।

चिनियाँ ऐयरलाईन्स कम्पनी ड्रयागन एयरलाइन्सले प्रत्येक बर्ष आफ्नो टिकट बढी बेच्ने कम्पनीलाई यो पुरस्कार दिंदै आएको छ ।

प्यासेन्जर तर्फको पुरस्कार सुमेघले पाउँदा प्यासेन्जर्स तर्फको अन्य पुरस्कारहरु क्रमस ओशो ओल्र्ड ट्राभल्स, मेघाबाईट ट्राभल्स एण्ड टुर्स, गोरखा भिजन ट्राभल्स एण्ड टुर्स र सेरेन ट्राभल्सले पाए ।

बिजनेश क्लासतर्फको उत्कृष्ट एजेन्ट जया ट्राभल्स एण्ड टुर्सले पायो भने एति होलिडेजले धेरै रेभिन्यु तर्फको उत्कृट एजेन्ट पुरस्कार थापेको छ ।
कार्गो तर्फ लिजेन्ड कार्गोले उत्कृट एजेन्टको पुरस्कार हात पारेको छ ।

ओलम्पिक तयारीलाई निशा कोरिया प्रस्थान

काठमाडौं,असार ३ ।  रियो ओलम्पिक– २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् । ब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा चीनको होहोटमा जुन २० देखि २६ तारिखसम्म सञ्चालन हुने क्योरोगी तथा पुम्सेको विभिन्न निर्णायक रिफ्रेसर कोर्षमा सहभागी हुने तेक्वान्दो टोलीलाई पनि बिदाइ गरिएको थियो । कोर्षमा टार्जन सुब्बा, नवीनकुमार श्रेष्ठ, हीराबहादुर थापा, मीन न्यौपाने, नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, दीपक विष्ट, दिनेश श्रेष्ठ, भीमलाल श्रेष्ठ, अर्जुनभक्त राई, अर्जुन केसी, विश्वराज राई, कविराज नेगी लामा तथा मीनु कार्की सहभागी हुने छन् ।

प्रथम राष्ट्रिय फेन्सिङ्ग उपाधि एपिएफलाई

काठमाडौं,असार ३ । नेपाल एपिएफ क्लबले प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला तथा पुरुष दुवै तर्फ टिम च्याम्पियन भएको छ । एपिएफले महिलातर्फ १७ र पुरुषतर्फ १९ अंक हासिल ग¥यो । प्रतियोगितामा अधिकांश पदक आफ्नो पोल्टामा हाल्न सफल एपिएफका जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते । अर्को कास्य शिवपुरी उ.मा.बि.का ओमकार सिंहले हात पारे । महिला व्यक्तिगतमा कास्कीकी राखी शर्माले एपिएफकी सुकुमाया घिसिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा एपिएफका जानुका स्याङताङ्ग र तुलसा बुढाथोकी रहे ।

इपीकै पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । त्रिभुवन आर्मीले रजतमा चित्त बुझायो भने शिवपुरी उ.मा.बि.ले कास्य प्राप्त ग¥यो । महिलातर्फ एपिएफले शिवपुरीलाई पछाडि पार्दै स्वर्ण आफ्नो कब्जामा लियो । त्रिभुवन आर्मीले कास्य पायो । दुई दिने च्याम्पियनसिपको फ्वाईल पुरुष ब्यक्तिगततर्फ काँडाघारी फेन्सिङ्ग क्लबले सेनालाई पराजित गर्दै स्वर्णमा कब्जा जमायो । तेश्रो स्थानमा एपिएफका गणेश थापा र धापासीका अमित भण्डारी रहे ।

यस्तै महिला ब्यक्तिगततर्फ त्रिभुवन आर्मीकी रमाकुमारी सिंहले स्वर्ण प्राप्त गरिन् । एपिएफकी उर्मिला माझीले रजत तथा आर्मीकी सुमित्रा भण्डारी र एपिएफकी मन्दिरा थापाले कास्य पाए ।

फ्वाईल तर्फको पुरुष टिम ईभेन्ट्सम आर्मीले बाजी मा¥यो । दोश्रो स्थानमा एपिएफ र तेश्रो स्थानमा कास्की फेन्सिङ्ग संघ रह्यो । महिलातर्फ एपिएफले आर्मीलाई पछिपार्दै स्वर्ण जित्यो । शिवपुरी उ.मा.बि.ले कास्यमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सदस्य निलेन्द्र राजश्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

टेन्डी शेर्पाद्धारा जुडो प्रतियोगिताको उद्घाटन, सरीता र मनीतालाई स्वर्ण

काठमाडौं,असार ३ ।  अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी देवीका खड्कालाई हराइन् ।

ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर, ८१ केजीमुनि सन्तोष सुनुवार तथा ९० केजीमुनि श्रीराम मकाजुले पहिलो स्थान हात पारे । फाइनलमा उमेशले पामका सुदेश दोङ, सन्तोषले प्रहरीका राजबहादुर चन्द तथा श्रीरामले नेपाल आर्मी क्लबका रमेशबहादुर चन्दको चुनौती समाप्त पारे । विजेतात्रय प्रहरीका हुन् ।

विजेतालाई आयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।

दुईदिने प्रतियोगितामा ५४ पुरुषले ५ तथा ३८ महिलाले ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । अन्तिम दिन शनिबार ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।

सीसीआरसी र माया क्वाटरफाइनलमा

काठमाडौं,असार ३ । सीसीआरसी ‘ए’ र माया ‘बी’तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा सीसीआरसी ‘ए’ ले लर्ड बुद्धलाई १५–२ तथा युनिग्लोबलाई १२–३ ले पराजित ग¥यो । माया ‘बी’ ले सानलाई ७–२ तथा मल्पीलाई ९–७ ले हरायो । सीसीआरसी र माया दुवैको ‘सी’ टिम पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।ब्वाइजमै एनएचवाइसी, गोल्फुटार, स्पोर्ट्स जोन र साम्बोट्टा क्वाटरफाइनलमा पुगेका छन्

ओली सरकार सस्तो लोकप्रियता कमाउन लागेको देउवाको आरोप

नेपालगन्ज,असार ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार सस्तो लोक प्रियता कमाउन लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जान लागेका देउवाले नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाए ।

मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिनुभएको छ । पार्टी सभापति देउवा आज नेपालगन्जमै बस्नुहुनेछ । नेपाली काँग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जान लागेका हुन्। काँग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट पारेका छन् ।

एएफसी कप प्लेअफमा थ्रीस्टार समूह ‘बी’ मा,कसको भिडन्त को सँग ?

काठमाडौं,असार ३ । सन् २०१७ मा हुने एएफसी कपका लागि हुने प्लेअफको ड्र सार्वजनिक भएको छ । प्लेअफ खेल्न थ्रीस्टार आगामी अगस्टमा मंगोलिया जाने भएको छ । शुक्रबार बिहान एएफसी हेडक्वाटार मलेसियामा भएको ड्र मा थ्री स्टार समूह बी मा परेको छ । समूह बी को आयोजना मंगोलियाले गर्नेछ। समूहमा मंगोलियाको एर्चिम एफसी र कम्बोडियाको नगवर्ल्ड एफसी रहेको छ। कुल ९ राष्ट्रका लिग च्याम्पियनले खेल्ने प्लेअफमा थ्रीस्टारले समूह चरणमा अन्य दुई क्लबसँग खेल्नेछ।

तीन समूहमा विभाजन गरिएको प्लेअफको समूह ए मा किर्गिस्तानको डोर्डोइ, मकाउको कासा वेनफिका र गुआमको रोभर्स एफसी रहेका छन्। यस्तै समूह सी मा भुटानको एफसी टर्टोन्स, बंगलादेशको शेख रसेल क्रिरा चाक्रा लिमिटेड रहेका छन्। प्रत्येक समूहको शीर्ष स्थानमा रहने टीममात्र प्लेअफमा छनोट हुनेछ। थ्री स्टारले समूह बी को पहिलो खेलमा आगामी अगस्ट २१ मा एर्चिम एफसी तथा अगस्ट २३ मा नगवर्ल्ड एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल पैसा पठाउने भरपर्दो रेमिट्यान्स जेनिथ अब नागोयामा पनि

३ असार, टोकियो ।
नेपाल पैसा पठाउनको लागि जापानमा भरपर्दो रेमिट्यान्सको रुपमा परिचित स्पिड मनी ट्रान्सफर 'जेनिथ रेमिट' ले जापानको नागोयाबाट पनि कारोबार सुरु गरेको छ ।

बिहिबारबाट औपचारिक सेवा थालेको जेनिथ रेमिट्यान्सको सेवा सुभारम्भ मुगल प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रमबिच भएको हो ।

नेपालीहरुको वाक्लो बस्ती रहेको नागोया शहरमा आफ्नो सेवा विस्तार पछि नेपालीहरुलाई भरपर्दो र सर्वसुलभ रुपमा नेपाल पैसा पठाउन सजिलो हुने जेनिथ रेमिट्यान्सका जापान निर्देशक तथा मार्केटिङ म्यानेजर नविन निउरेले बताउनुभयो ।

सो अवसरमा जेनिथ रेमिटका निर्देशक तथा समाजसेवी दिलु खत्री, अन्तराष्ट्रिय नेपाली साहित्य समाज 'अनेसास' जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका सल्लाहकार डिपी कंडेल, एनआरएनए जापानका सल्लाहकार दिलाराम खरेल, नागोयाका व्यवसायी नरवहादुर थापा, गल्कोट समाज जापानका कोषाध्यक्ष दिपक केसी, गल्कोट समाज नागोयाका रमेश गौतम, एनआरएनए नागोया क्षेत्रीय समितीका अध्यक्ष रामु खरेल लगायतको समेत सहभागिता थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ 'एनआरएनए' को अन्तराष्ट्रिय समन्वय परिषद 'आईसीसी' सदस्य तथा पूर्व एनआरएनए जापानका अध्यक्ष पारस मणि पोखरेल प्रमुख अतिथी रहनुभएको थियो भने एनआरएनए एसिया प्यासिफिक उपसंयोजक गोविन्द श्रेष्ठ 'रोविन्द्र' को पनि उपस्थिति रहेको थियो ।

नागोया शाखाको प्रमुखमा सागर ढकाल रहनुभएको जेनिथ रेमिटका निर्देशकहरुमा दिलु खत्री, शान्त खत्री र नविन निउरे रहनुभएको छ ।

सन् २०१२ देखि जापानबाट नेपालमा पैसा पठाउनका लागि भरपर्दो माध्यमका रुपमा काम गर्दै आएको स्पिड मनी ट्रान्सफर 'जेनिथ रेमिट' जापानमा रहेका नेपालीबिच लोकप्रिय रहेको छ ।

प्रचण्डविरुद्ध देउवाले दिए उजुरी, के छ उजुरीमा ?

काठमाडौ,असार ३ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको , राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको अाजको राजधानी दैनिकमा समाचार छ ।

दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिताविपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयाेगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । उनले अक्षम्य अपराधको निष्पक्ष छानविन हुनुपर्ने बताए ।

उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उजुरीमा उल्लेख छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web