संगीत क्षेत्रमा अघि बढ्दै गायक टेकेन्द्र ‘भिडियो हेर्नुहोस्’

६ असार, काठमाडौं ।
सुदूरपश्चिम महाकाली अंचल कंचनपुर जिल्ला महेन्द्रनगर 'पहाडघर डडेल्धुरा' मा जन्मनु भएका गायक एवम् संगीतकार टेकेन्द्र नेपाली सानै देखि गीतसंगीतमा रुचि राख्ने र त्यसैमा आफ्नो जीवन समर्पित गर्न चाहने चाहनाले उहाले २०६१ मा ललितकला क्याम्पसमा संगीत 'गायन' विषय लिएर पढ्न थाले । २०६६ सालमा सोहि क्याम्पसबाट सोहि विषयमा बि।ए गर्नुभयो ।

त्यसपछि गायक टेकेन्द्र उहाका आदरणीय गुरु श्री चण्डी प्रसाद काफ्लेसंग संगीत सिकिरहनु भएको छ । यो १३ वर्षको लामो अन्तरालपछि उहाले एउटा फरक शैलीको गजल बजारमा ल्याउनु भएको छ ।

गायक टेकेन्द्रको आवाज रहेको 'लाएको माया छोडेर जाने' बोलको उक्त गजलमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत गायक स्वयम् को रहेको छ ।

उमेश भट्ट र सम्पदा बानियाँको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई निर्देशक दिलिप समनले निर्देशन गर्नु भएको छ ।

उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उहाको यति लामो समयको साधना र मिहिनेत पक्कै पनि यो गजलमा देखिएको छ भने, गायकले एकचोटी हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध पनि गरेका छन् ।

गायक टेकेन्द्रले ३ महिना अघि डीबि खड्काले गाएको 'दुरी' र करन मुखियाले गाउनु भएको 'पागल बनि हिडे' गीतमा संगीत पनि दिईसक्नु भएको छ  िजसलाई युट्युब मा हेर्न सकिन्छ ।

सुफी र क्लासिकल गीत गाउन बढी रुचाउने गायक टेकेन्द्रको एल्बम ुप्रेमरसुको काम अन्तिम चरणमा पुगेको र चाडै बजारमा ल्याउने तयारी गरिरहनु भएको छ ।

उक्त एल्बममा कुमार मिश्र, डम्बर शर्मा बडु र गायक स्वयम् को शब्द रहेको छ भने, संगीत र स्वर गायक टेकेन्द्र कै रहेको छ ।

उहाको कलालाई देखेर नेपाली संगीत क्षेत्रमा एउटा गायक तथा संगीतकारको रुपमा उहा अगाडी बढ्ने कुरामा दुइमत छैन । म्युजिक हाईलाईटको तर्फबाट उहालाई उहाको उज्ज्वल भविष्यको कामना गर्दछौ ।

अफगानिस्तानमा १४ नेपालीको बम हमलामा मृत्यु (फोटो फिचर/विस्तृत विवरण)

६ असार, काठमाडौं ।
जोखिम मोलेर रोजगारीको लागि अफगानिस्तान पुगेका १४ जना नेपालीको आत्मघाती अब आक्रमणमा परि मृत्यु भएको छ ।

सोमबार बिहान नेपालीहरु सवार रहेको मिनीबसमाथि बम आक्रमण हुँदा १४ नेपालीको मृत्यु भएको हो ।

अफगान गृहमन्त्रालयले बसमा सवार सवै नेपाली रहेको र मारिने सबै १४ जना नेपाली पुरुष रहेको पुष्टि गरेको छ । घटनामा अन्य ९ जना घाइते भएका छन् ।

घाइते मध्ये पाँच जना नेपाली घाइते छन् । घाइते अन्य चार जना भने अफगानि नागरिक रहेका छन् ।

सुरक्षागार्ड चढेको जानकारी पाएरै आतंकवादीहरुले बम हमला गरेको अफगान सरकारले बताएको छ ।

अफगानी गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले पैदल हिंडेर आएको व्यक्तिले बस रोकिएको मौका पारेर आफुलाई बमले उडाएको बताएको छ ।

सो आत्मघाती बम आक्रमणमा बसमा रहेका १४ जनाको मृत्यु र ९ जना घाइते भएको साथै बस नजिक पैदल हिँडिरहेका अन्य १ दर्जन बढी व्यक्ति घाइते भएको जनाइएको छ ।

यसरी मारिए निर्दोस नेपाली
क्यानेडियन दुतावासमा सुरक्षागार्डको काम गर्दै आएका नेपालीहरु चढेको बस सोमबार नियमीत समयमै हिँडेको थियो ।

सँगै दुईवटा बस छुटेकोमा समयमै एउटा बस दुतावास पुग्दा अर्को बस बमले उडिसकेको थियो ।

दूतावास देखी करिव ४ किलोमिटरको दुरीमा रहेको आवासबाट बस छुटेको थियो । पहिलो बस बिस्फोट भएको ठाउँबाट छुटेको बढीमा ३ मिनेटको समयमा दोस्रो सो ठाउँमा आइपुगेको थियो ।

बेलायती सेक्युरिटी कम्पनी सेबर अन्र्तगत काम गरिरहेका नेपालीहरुलाई क्यानेडियन दुतावासको सुरक्षार्थ उक्त कम्पनीले दिल्ली हुँदै अफगानिस्तान पुर्‍याएको हो ।

सो क्यानेडियन दूतावासमा १४७ जना नेपाली सुरक्षागार्डका रुपमा काम गरिरहेको खुलेको छ ।

‘तिन सिफ्टमा काम गरिरहेका नेपालीहरु हाल धेरै घरविदामा नेपाल आएको भएर एउटा सिफ्टमा ४१ जनाले काम गरिरहेको बताइएको छ ।

सामान्यतया १५ मिनेटमा पुग्ने आवास देखी दुतावासको उक्त दुरी जाम भएको अवस्थामा आधा घण्टा सम्म लाग्ने गर्छ । तर यसरी जाने आउने क्रममा बसमा रहेका कसैको पनि सुरक्षाको कुनै प्रवन्ध गरिएको छैन ।

औषमा अन्य देशका सुरक्षागार्ड भन्दा न्युन पारिश्रमीक तथा सुरक्षाको कुनै प्रत्याभुत नगरिकन नेपालीहरुलाई बेलायती कम्पनी र क्यानेडियन दुतावासले काममा लगाउँदा यतिठूलो दुर्घटना हुन पुगेको देखिन्छ ।

मृत्यु भएका सबै नेपाली भएपनि उनिहरुको स्पष्ट पहिचान र ठेगाना भने खुल्न बाँकी रहेको छ । यस बारेमा जानकारी माग्दा पाकिस्तान स्थित नेपाली राजदूतावासले विस्तृत जानकारी बुझ्ने काम भइरहेको भन्दै पुर्ण जानकारी नआइसकेको बताएको छ ।

यसैबिच सरकारका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले अफगानीस्तानको काबुलमा नेपालीको समेत मृत्यु हुने गरी भएको आत्मघाती हमलाको भत्र्सना गर्दै दुख व्यक्त गरेका छन् ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री थापाले कावुल घटनालाई कायरताको संज्ञा दिदै आतंकवाद विरुद्ध सवै एक हुनु पर्ने बताएका छन् ।

नक्कली डाक्टर नै दुई हजार, एसपीका भाइदेखि नेताका बुहारीसम्म

६ असार, काठमाडौं ।
प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सिआइबी'ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ।

एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो। जसमा प्रतिष्ठित चिकित्सकसमेत छन्। उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ ।

‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्,‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ।’

पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी

पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन्। केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए। कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ।

एसपीका भाइदेखि नेताका बुहारीसम्म

प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा। सुवास आचार्यका भाइ हुन्। डा। सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन्।

त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरूका बुहारी हुन्। प्रहरी अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन।

‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए। पक्राउ परेका ३६ मध्ये ६ जना महिला छन्।

नक्कली डाक्टरका सर्टिफिकेट भारत बिहार बोर्डबाट किनेको

६ असार, काठमाडौं ।
नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आइएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो।

ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको 'अप्रेशन वाक' अर्न्तग तगत शुक्रबार दश जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ।

कलेज निलम्बनमा परेपछि एमबीबीएस पढ्ने नेपाली अलपत्र

६ असार, ढाका ।
कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन्।

आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए ।

‘तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ । शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको हो,’ कार्यबाहक राजदूत सुशील लम्सालले टेलिफोनमा भने ।

उनले नेपालको मेडिकल काउन्सिलले नै अध्ययनका लागि ठीक ठहर गरी स्वीकृत गरेको खण्डमा मात्र विद्यार्थी आउने हुनाले निजी कलेजबारे जानकारी लिन आवश्यक रहेको बताए ।

दाइजोमा सुनको औंठी नपाएपछि इन्जिनियरले श्रीमतीलाई घरबाट निकाले

६ असार, काठमाडौं ।

सुनको औंठी माइतीबाट दाइजो नपाएपति रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरेका छन् ।

विवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रोतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी विवाह भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

विवाहअघि कबोल भएअनुसार काठमाडोंमा घडेरी किन्न लवलीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलईडी , सुनको सिक्री, औंठीलगायतका गरगहना दाइजो दिएको जानकारी युवतीका बाबुले दिएका छन् ।

नवीनले माइतीबाट पोखराज जडित सुनको औंठी माग्न श्रीमतीलाई दैनिक दबाब दिँदै आएका थिए । पीटित युवती स्नातका उत्तीर्ण हुँदा उत्कृष्ठ अंक ल्याएबापत बिहार सरकारबाट सम्मानित भएकी थिइन् ।

उनले आफूले दाइजोको बिरोध गर्दा सासूससुरा र श्रीमानले पागल भन्दै घर निकाला गरेको बताइन् ।

एचपी ग्याँस विस्फोट प्रतिवेदन आपुर्ति मन्त्रालयका कर्मचारीले लुकाए

६ असार, काठमाडौं ।

ललितपुरमा विस्फोट भएको हिमालयन पेट्रोकेमिकल्स प्रालिको एचपी ग्ससम्बन्धी छानबिन समितिको प्रतिवेदन आपूर्ति मन्त्रालयका कर्मचारीले नै लुकाएका छन् ।

छानविन समितिका संयोजक तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका निर्देशक लक्षण श्रेष्ठले आइतबार आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई बुझाएको प्रतिवेदन कर्मचारीकै मिलेमतोमा लुकाइएको आजको कारोबार दैनिकले उल्लेख गरेको छ ।

आपूर्तिसचिव सापकोटाले मन्त्रालयका प्रवक्ता तथा सहसचिव आन्दाराम रेग्मीलाई, रेग्मीले आपूर्ति व्यवस्थापन तथा उउभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिाताल वा निर्देशक लक्ष्मण श्रेष्ठलाई सोधन्ु भन्दै प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेकाछन् ।

प्रतिवेदनबारे महानिर्देशक धितालले निर्देशक श्रेष्ठलाई र श्रेष्ठले मन्त्रालयमा सोध्नु भन्ने गरेकाछन् ।

गत जेठ ७ गते ललितपुर उपमहानगरपालिकाको हौगल टोलवस्थित इताछेमा एचपी ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो ।

नयाँ प्रस्तावित राजदूतहरुमाथि अख्तियारको छानबिन

६ असार, काठमाडौं ।

सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोगमा अनुसन्धान भइरहको छ । उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बपजष्तबचअख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

कूटनीतिक नियोग, संवैधानिक तथा राजनीतिक नियुक्ति हुने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अख्तियारको राय सुझाव लिने परम्परा छ । तर, यसपटक सो परम्परा लत्याउँदै सरकारले अनियमितता आरोप लागेका पूर्वमन्त्री तथा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई महत्वपूर्ण मुलुकहरुमा राजदूत सिफारिस गरेको भन्दै अख्तियार रुष्ट छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दलीय हैसियत अनुसार राजनीतिक भागबण्डामा राजदूत सिफारिस गरेका हुन् ।

भागबण्डामा नपरेपछि राजदूत सिफारिसप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोध गर्दै आएको छ । चीन, बेलायत, जर्मनी, वेल्जियमका लागि सिफारि भएका राजदूतहरुबारे अख्तियारले अनुसन्धान गरिरहेको छ  ।

खै कहाँ हट्यो ? भारतीय बिदेशमन्त्री भन्छिन्-‘नेपालसँगको अविश्वास हट्यो’

६ असार, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका ‘केही असमझदारी’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै अन्त्य भएको बताएकी छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका  उपलव्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् । आजको अन्नपूर्णमा समाचार छ ।

पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् । नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो ।

ओलीले फागुनमा गरेको भारत भ्रमणपछि पनि नेपाल भारत सम्बन्धमा कुनै सुधार आउन नसकेको टिप्पणीका बीच भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो ।

नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्दै भारतस्थित राजदूत फिर्ता बोलाएपति दुई देशबीचको सम्बन्ध थप चिसिएको चर्चा भइरहको थियो । स्वराजले भारतले सार्क मुलुकसँगको सम्बन्धलाई भारतले भिन्न रुपमा महत्व दिइरहेको बताइन् ।

सरकारी कर्मचारीलाई तलबको आधा थप प्रोत्साहन भत्ता

६ असार, काठमाडौं ।

सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता 'इन्सेन्टिभ' दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म भत्ता पाउनेछन् । कार्यालय समयभित्रको कार्यबोझ र थप कामका लागि सूचकका आधारमा २५ प्रतिशत र कार्यालय समयबाहिरको थप समयमा गरेको कामका लागि २५ प्रतिशत भारको आधारमा ५० प्रतिशतमा नबढ्ने गरी भत्ता दिइने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

थप दश हजार कर्मचारीलाई दिइँदै करिब १० हजार कर्मचारीलाई इन्सेन्टिभ दिँदा करिब एक अर्ब रुपैयाँ दायित्व पर्ने देखिएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए । ‘आगामी वर्षबाट भत्ता वितरणलाई वस्तुनिष्ट र न्यायोचित बनाउन, भत्ता उपलब्ध गराउनुपर्ने निकायको पहिचान एवं आधार सिफारिस गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ,’ उनले भने ।

समितिमा अर्थ, कानुन र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् । कुन कार्यालयका कर्मचारीले पाउँछन् प्रोत्साहन भत्ता रु सरकारले आन्तरिक राजस्व, भन्सार र राजस्व अनुसन्धान विभागअन्तर्गतका कार्यालयका कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ ।

राजस्व र अनुसन्धान विभागका कर्मचारीले यसअघि नै भत्ता खाँदै आएकोमा अनुसन्धान विभाग यस वर्षबाट थपिएको हो । ‘राजस्वका कर्मचारीले फागुनदेखि असारसम्म ६ महिनाको मात्रै भत्ता पाउनेछन्,’ सचिव अधिकारीले भने, ‘अन्य निकायले एक वर्षकै पाउनेछन् ।’ प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले साउनबाटै भत्ता खाइरहेका छन् ।

महालेखा परीक्षकको कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय, एकल खाता कोष प्रणाली लागू भएका कोष तथा लेखा नियन्त्रक कार्यालयहरू, सर्वोच्च, पुनरावेदन तथा जिल्ला अदालत, महान्यायाधिवक्ता तथा जिल्लास्थित सरकारी वकिलको कार्यालय, राहदानी विभागलगायतका निकायका कर्मचारीले प्रोत्साहन भत्ता पाउनेछन् । गत वर्ष राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका कर्मचारीले पनि प्रोत्साहन भत्ता पाएका थिए । यस वर्ष भने ती कार्यालयबाट भत्ता मागको प्रस्ताव नआएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

घर भाडा नतिरेपछि पूर्वराष्ट्रपति डेराबाट निकाल हुने अवस्थामा

६ असार, काठमाडौं ।

सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् ।  विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।

‘बहाल भराई घर खाली गराई पाउँ’ भन्दै दायर मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।

विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् ।

सरकारले डा. यादवका लागि भनेर ललितपु उपमहानगरपालिका ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । उक्त घर २०७२ कात्तिक १२ गतेदेखि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल, बक्यौता रहेको दाबी फिरादपत्रमा छ ।

घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको पनि विष्टले जनाएका छन् ।

युरोकप : फ्रान्सलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश

एजेन्सी,असार ६ । आयोजक फ्रान्सलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार विहान भएको समूह एको खेलमा स्विट्जरल्याण्डले घरेलु टोली फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै फ्रान्स समूह विजेता बनेको छ भने स्विस टिम समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । यसअघि तीन पटक युरोमा सहभागिता जनाएको स्विट्जरल्याण्ड अहिलेसम्म नकआउट चरण पुग्न सकेको थिएन।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web