ढोरपाटन महिला भलिबल: एपीएफ शीर्ष स्थानमा

माघ ६, २०७३ मा प्रकाशित | 841 views

काठमाडौं,माघ ६ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा सशस्त्र प्रहरीको एपीएफ क्लव उक्लिएको छ । बिहीबार लिगको पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लवसँग भएको खेलमा ३–० को सोझो सेटमा विजयी हुँदै एपीएफ १३ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

एपीएफकी रेश्मा भण्डारी वुमन अफ द म्याच बनेको खेलमा आयोजकलाई २५–११, २५–१० र २५–८ ले पाखा लगायो । रिड मोडल र न्यु डायमन्डवीचको खेल खराव प्रकाशका कारण रद्द भएपछि दुई खेल बढी खेलेको एपीएफले शीर्ष स्थान कब्जा गरेको हो । दोस्रो स्थानमा झरेको रिड मोडलको ११ खेलबाट ३३ अंक छ । न्यु डायमन्डले तेस्रो स्थानमा रहँदै १२ खेलबाट ३० अंक जोडेको छ । दोस्रो खेल रद्द भए पनि पहिलो खेलमा भने न्यु डायमन्ड विजयी भएको छ ।

न्यु डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराएको छ । न्यु डायमन्डकी कप्तान ललिता नाथ वुमन अफ द म्याच बनेको खेलमा न्यु डायमन्ड आर्मीमाथि २५–२२, २५–११ र २५–७ को सेटमा हावी भयो ।

लिगमा चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हराउँदै ३ अंक थपेको छ । मनिषा चौधरीको उत्कृष्ट प्रदर्शनमा पुलिसले पश्चिमाञ्चललाई २६–२४, २१–२५, २५–१६ र २५–२३ को सेटमा पराजित ग¥यो ।

बिहीबार पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।

जारी लिगमा पुलिसले १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा छ भने पश्चिमाञ्चल १३ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । त्यसैगरी विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्वलले दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १३ खेलबाट ८ अंकमा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web