काठमाडौं ।
राजधानीमा जारी दोस्रो रुस्लान कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

त्रीभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा आईतबार भएका अन्तिम दुई वटा क्वाटरफाईनलमा विजयी हुँदै न्यु होराईजन क्रिकेट क्लब बुटवल र शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिले सेमिफाईनलको यात्रा तय गरेका थिए ।

पहिलो खेलमा न्यु होराईजन क्रिकेट क्लबले नेपाली राईनोज क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरमा आईतबार नै भएको दोस्रो खेलमा शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिले आयोजक काठमाडौँ क्रिकेट टे«निङ्ग सेन्टरलाई ४६ रनले पराजित गरेको क्रिकेट संघ नेपाल क्यानले जनाएको छ ।

सोमबार पहिलो सेमिफाईनल खेल नेपाल पुलिस क्लब र न्यु होराईजन क्रिकेट क्लबबिच हुने छ भने सोमबार नै दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र शुदुर पश्मिाञ्चल क्रिकेट एकेडमिकाबिच हुनेछ ।

खुकुरी च्यालेन्जर टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा रोयल पि सी फाईटर विजयी भएको छ ।

शैनिक विद्यालय भक्तपुरमा भएको खेलमा रोयल पि सी फाईटरले लयन क्रिकेट क्लबलाई १ सय ६३ रनले पराजित गरेको थियो ।

23.12¡ÆC