काठमाडौं, पुस २५ । शाही युवा शक्ति नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै भोलि २६ गते उपत्यका बन्दको घोषणा गरेको छ । युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरेको जनाएको हो ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पत्रकारहरुसँगको कुराकानीमा विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा विदा दिने दलाल सरकारले पौष २७ गते विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको र आम नेपाली नागरिकको अपमान गरेको भन्दै बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए।

राष्ट्र निर्माताको अपमान गर्ने विदेशीको दलाल पार्टी र झण्डा त्याग गरेर राष्ट्रको झण्डा बोकेर राष्ट्र जोगाउन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले सबै युवाहरुलाई सडकमा आउन आह्वान गरेका छन् ।

अहिलेको समस्याको जड गणतन्त्र भएको भन्दै शाही युवा शक्ति नेपालले यो प्रणाली खारेज गरेरै छाड्ने दावी गरेको छ ।

उसले भोलिको बन्द राष्ट्र निर्माताको नाममा भएको भन्दै सबैलाई स्वतस्फूर्त रुपमा सहयोग गर्न आग्रह गरेको छ । अन्यथा कुनै किसिमको घटना भए स्वयं जिम्मेवार हुने समेत शक्तिले चेतावनी दिएको छ ।

लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै अखिल क्रान्तिकारीकाले भोली मंगलबार देशभर आम शैक्षिक हडतालको घोषणा गरेको छ ।

28.12¡ÆC