साफ महिलाकोे उपाधि जित्ने नेपालको सपना समाप्त

पुस १८, २०७३ मा प्रकाशित | 1013 views

काठमाडौं,पुस १८  । नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल बाहिरिएको हो । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो । पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाईन् । दोस्रो हाफमा पनि नेपालले राम्रो प्रदर्शन गर्न नसक्दा ५८ औं मिनेटमा दोस्रो गोल खान पुगेको थियो । इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पायो । सावित्रा भण्डारीले ७५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा भारतको अग्रतालाई घटाए पनि त्यसपछि नेपालले थप गोल गर्न नसक्दा यसपटक सेमिफाइनलमा नै भारतसँग पराजित हुन पुगेको हो ।  भारतविरुद्ध नेपाल यस अघिका ६ भिडन्तमा ५ पटक विभिन्न प्रतियोगिताको फाइनल खेल्दै पराजित भइसकेको छ । ७ खेल खेल्दा ६ खेला गुमाएको नेपालको अहिलेसम्मको भारतविरुद्धको सुधारिएको प्रदर्शन भन्नु नै एक खेलमा गोलरहित बराबरी नै हुन पुगेको छ ।

यस अघिका खेलमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० को सहज ढंगमा पराजित गरेको नेपालले श्रीलंकालाइई १–० गोलले पराजित गरेको थियो । साग खेलकुद अन्तर्गत २०१० र २०१६ को स्वर्ण पदकको खेलमा पनि नेपाली टोली भारतसँग नै पराजित हुन पुगेको थियो ।

त्यसैले हारमाथि हारको निरन्तरको श्रृखला तोड्न सक्ने स्वर्णिम अवसर गुमाउन पुग्यो । नेपाली टिमकी सावित्री भण्डारी दुई खेलमा ११ गोल गरे पछि उनले आजको खेलमा पनि नेपालको लागि राम्रो योगदान गर्नेमा प्रशिक्षकले आशा व्यक्त गरेका थिए । तर, खेल ३–१ हारेपछि भारतले नेपाल फेरि भारतसँगै रोकियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web