कुन-कुन ठाउँमा चल्छ ‘फोर जी’ ? यी हुन् काठमाडौं र पोखरामा‘फोर जी’ ठाँउहरु

पुस १७, २०७३ मा प्रकाशित | 730 views

काठमाडौं,पुस १७ । नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा फोरजीको सुरुवात गरेपनि सबै ठाँउका भने नचल्ने भएको छ । अहिले यो सुविधा पोष्टपेड चलाउने प्रयोगकर्ताको लागि मात्र उपयोग भएपनि काठमाडौं र पोखराका सबे पोष्टपेड प्रयोग बर्ताले यो सुविधा नपाउने भएका हुन् । प्रिपेड प्रयोगकर्ताले भने माघ २२ गतेदेखि मात्र यो सुविधा पाउने छन् ।

उपत्यकामा चल्ने ठाउँहरुः

चक्रपथ भित्र

इन्द्रायणी

गोदावारी

भक्तपुर र चक्रपथ आसपासका स्थानहरुमा चल्ने तर सबै ठाउँमा नचल्न पनि सक्नेछ ।

पोखराको न्यूरोड र लेकसाइट क्षेत्रमा मात्र फोरजी सेवा चल्नेगरी पूर्वाधार निर्माण गरिएको छ ।  तत्कालका लागि उल्लेखित स्थानहरुमा चलेपनि आगामी दिनमा कभरेज क्षेत्र विस्तार गर्दै लैजाउने टेलिकमले तयारी गरेको छ । काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् ।

यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web