कमल थापा र गच्छदार सरकारमा जाने

पुस १७, २०७३ मा प्रकाशित | 794 views

<p>काठमाडौं,पुस १७ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि &nbsp;प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले &nbsp;मन्त्रिपरिषद विस्तार गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा बीपी साहले पहिलो पृष्टमा लेखेका छन्।<br></p><p>&nbsp;थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित &nbsp;सरकारमा जान तयार भएका छन्। &nbsp;‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ। &nbsp;गच्छदारले सरकारको आलोचना गर्न थालेपछि &nbsp;पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ। &nbsp;संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web