खो-खो को फाइनल महिला पुरुष दुवै तर्फ नेपाली सेना विजयी

पुस ११, २०७३ मा प्रकाशित | 797 views

काठमाडौं,पुस ११ ।  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को दोश्रो राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगितामा दुवै तर्फ नेपाली सेना विजयी भएका छन् । आज सुनसरीको इनरुवा जेल फिल्डमा खो खो को फाइनल र तेश्रो स्थानका सम्पूर्ण खेलहरु सम्पन्न भएको छ । आज सम्पन्न भएका फाइनल खेलमा पुरुष र महिला दुवै तर्फ नेपाली सेना प्रथम, पुरुषमा दोश्रो र तेश्रो स्थान मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल त्यसरी नै महिला तर्फ दोश्रो मध्यपश्चिमाञ्चल र तेश्रो स्थानमा सुदूर पश्चिमाञ्चल विजय भएका छन् ।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहाल, सहसचिव चुडामणी पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु शम्भु आचार्य, महमद समिउल्लाह, परिषदका प्रेस सल्लाहकार रोहित दाहाल, संघका अध्यक्ष श्रीप्रसाद साह, उपाध्यक्ष प्रदिप महर्जन, महासचिव सानुराजा शाक्य र सचिव दिपक बस्नेतले मेडल, प्रमाणपत्र मस्कट वितरण गरी खो खो को दोश्रो राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता २०७३ सम्पन्न भएको घोषणा भएको छ ।

विभिन्न राष्ट्रिय खो खो प्रतियोगितामा र एशियन च्याम्पियनसीप तथा गत बा्रहौं दक्षिण एशियाली खेलकुदको खो खोमा सहभागी भई कास्य पदक विजयी भएको फाइनलको प्रतिस्पर्धामा मध्यमाञ्चल क्षेत्रबाट सहभागी भई रजत पदक प्राप्त गर्न सफल भएका खो खो खेलाडी काठमाण्डौ कीर्तिपुरका विक्कीराज महर्जनले खेल जीवनबाट लिएको सन्यासको घोषणालाई कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहालबाट सम्मान गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web