महिला साफ फुटबल: सावित्राको डबल ह्याट्रिक, भुटान ८-० ले पराजित

पुस ११, २०७३ मा प्रकाशित | 863 views

काठमाडौं,पुस ११ ।  भारतको सिलगुढीमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिप नेपालले विजयी सुरुवात गरेको छ । भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरवात गरेको हो । खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेको नेपालको लागि साबित्रा भण्डारीको डबल हृयाट्रिक गरिन् ।

उनले खेलको ५, ९, २२,३५,६८, ७६ औं मिनेटमा गोल गर्दै उनले डबल ह्याट्रिक पुरा गरेकी हुन्। अन्तर्राष्ट्रिय खेलमा डबल ह्याट्रिक गर्ने भण्डारी पहिलो नेपाली खेलाडी हुन्।नेपालका लागि थप गोल सर्मिला थापा र कृष्णा खत्रीले गरेकी हुन्।

जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । साफ च्याम्पियनसिपका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।

भारतको सिलिगुढीमा सुरु भएको चौथो संस्करणको समूह चरणमा नेपालले माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । अर्को समूहमा भारत अफगानिस्तान र बंगलादेश छन् । प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएको थियो । मलेसिया फिफा वरियतामा नेपाल भन्दा २६ स्थान माथि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web