आइतबार सार्वजनिक विदा

पुस ९, २०७३ मा प्रकाशित | 929 views

काठमाडौं, पुस ९  । सरकारले क्रिसमस डेमा सार्वजनिक विदा दिने भएको छ । राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि  (आइतबार)  क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको भएपनि मन्त्रीस्तरीय निर्णयबाट विदा दिने निर्णय गरेको हो ।

मुलुक धर्मनिरपेक्ष भएको घोषणा भएपछि सरकारले विसं २०६४ पछि डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’का दिन सार्वजनिक बिदा दिन सुरु गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ‘क्रिसमस डे’ का दिन दिँदै अाइएको सार्वजनिक विदा कटाैती गरेको थियो।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका अबसरमा २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरी क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web