लाइसेन्स आवेदन अब अनलाइनवाटै,कसरी भर्ने अनलाइन आवेदन ?

पुस ७, २०७३ मा प्रकाशित | 1434 views

काठमाडौं,पुस ७ । सवारी चालक अनुमतिपत्रको फाराम अब अनलाईनवाटै भर्न पाईने भएको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन लिन सुरु गर्न लागेको हो । आइतबार भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सिस्टमको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसको लागि सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ। यो प्रक्रिया लागूभएसँगै चालक अनुमतिपत्र लिनको लागि सास्ती खेप्नु पर्नेछैन् ।

दुई महिनाभन्दा बढी समय रोकिएको सवारीचालक लाइसेन्स फाराम भर्ने प्रक्रिया मंसिर ८ देखि ललितपुरको एकान्तकुनाबाट सुरुभएपनि झिसमिसेमा पुग्नेहरु रित्तो हात फर्किन बाध्य हुदै आएका थिए । सिमित टोकन बाड्ने भएकाले जसले सुरुमा टोकन पायो उसले मात्र त्यो दिन काम सुरु गर्न सकिने भएकाले पनि अघिल्लो रातदेखि नै लाइन लाग्ने गरेको थिए । अब यो समस्याको अत्यहुने भएको छ ।

यसअघि यातायात मन्त्री रमेश लेखकले कार्यालय पुगी लाइसेन्स आवेदन प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए। सो निर्देशन अनुसार अनलाइन प्रणालीको विकास गरिएको यातायात कार्यलयले जनाएको छ ।  अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछ। पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ।

यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्ने

अनलाइनबाट फारम भर्ने सिस्टमले यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्नेछ । सवारी चालक अनुमति पत्र लिने प्रक्रिया केहि महिना रोकिएपछि पहिलेको तुलनामा यातायात व्यवस्था विभागमा चालक अनुमतिपत्रको फाराम भर्नेहरुको भिड बढेको थियो ।

यातायात कार्यालयमा अहिले मध्यरातदेखि नै लाइन लाग्नेहरुको भिड बढ्ने गरेपनि यो व्यवस्थाले सहज बनाउने अनुमान गर्न सकिन्छ । अब सवारी अनुमतिकै लागि भनेर झिसमिसेमा लाइृन बस्न जानुपर्ने छैन् । यसबाट बिचौलियालाई दिनुपर्ने कमिसन हट्ने र विवरणहरु गल्ती हुने समस्या पनि हट्नेछ।

कसरी भर्ने अनलाइन आवेदन ?

अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी खोल्ने। त्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।

त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ।

त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ।   उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन।

सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भरेका हरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web