विद्यालय व्यवस्थापन चुनावमा मान्छे मारेको पाइएपछि एमाले पूर्वसांसद यादव थुनामा

बैशाख १९, २०७३ मा प्रकाशित | 1101 views

२६ चैत, धनुषा ।
जिल्ला अदालत धनुषाले नेकपा 'एमाले' बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

एक वर्षअघि पूर्वी धनुषाको सबैला गाउँस्थित मदनआश्रित निमावि व्यवस्थापन समिति चयनका लागि भएको विवादमा दुई जनाको ज्यान गएको र केही घाइते भएको घटनाका मुख्य योजनाकार मानिएका यादवमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा फैसला भएको हो ।

यादवमाथि जिल्ला अदालतमा रहेका तीनवटा छुट्टाछुट्टै मुद्दामध्ये हातहतियार तथा खरखजना मुद्दाको वहस भने जारी रहेको छ ।

घटनामा सबैलाका रामप्रकाश यादवको गोली प्रहारबाट मृत्यु भएको र रामसेवक गोडरी कुटपिटबाट घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web