ट्राफिक जामको पीडा एम्बुलेन्स चालकलाई सोध्नुस् !

मंसिर २७, २०७३ मा प्रकाशित | 744 views

काठमाडौं,मंसिर २७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको एम्बुलेन्स चालकका रूपमा ज्ञानकाजीले काम गर्न थालेको ११ वर्ष भइसक्यो। अधिकांश प्रसव पीडामा रहेका महिला लिएर अस्पताल आउनुको साथै नवजात शिशुलाई थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ। जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ।

‘काठमाडौंमा जाम धेरै छ। भर्खर जन्मिएका शिशुलाई सक्दो चाँडो उपचारका लागि लानुपर्ने हुन्छ,’ उनले आकस्मिक सेवामा हिँड्ने एम्बुलेन्सलाई अन्य सवारीसाधनले बाटो नछाड्ने गरेको गुनासो गर्दै भने, ‘प्राइभेट गाडीले छाडछन् तर सार्वजनिक गाडीले त आफू नै इमरजेन्सीमा भएझैं गर्छन्, साइरन बजाउँदा पनि टेर्दैनन्,’ उनले भने।

१८ वर्षदेखि एम्बुलेन्स चलाइरहेका ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका रत्न राईको अनुभव पनि उस्तै छ। ‘कति ठाउँमा त सडक नराम्रो छ नै, जाम पनि उत्तिकै बढेको छ,’ उनले भने, ‘थापाथलीमा त झन् चारैतिरबाट जाम हुन्छ। कलंकीबाट साइरन बजाएर हिँडयो भने त्रिपुरेश्वर आइपुग्न ४५ मिनेट लाग्छ।’ सडक व्यस्त हुने अफिस टाइममा (पिक आवर) मा आकस्मिक सेवा चाहियो भने त्यो बिरामीको दुर्भाग्यै हुने ठान्छन् राई।

राजधानीको विभिन्न अस्पतालमा कार्यरत एम्बुलेन्स चालकहरू जामले गर्दा दिक्क छन्।

थापाथलीदेखि कालीमाटी–टेकु क्षेत्रमा प्रतिघण्टा कम्तीमा पनि २/३ एम्बुलेन्सको साइरन सुनिन्छ। तर, यही क्षेत्रमा एम्बुलेन्स चालकलाई धेरै गाह्रो हुने उनीहरूको अनुभव छ। ‘साइरन सुनेर पनि कसैले बाटो छाडदैन भने एम्बुलेन्सको के अर्थ भयो ?’ एक चालकले भने। आफ्नो गाडीको पछाडिको सिटमा छट्पटाइरहेका बिरामी देखेका चालकले लामो ट्राफिक जाममा फँस्दा अनुभव गर्ने पीडा अरू कसैले महसुस गर्न नसक्ने उनी बताउँछन्।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एम्बुलेन्स चालक शंकर महर्जन भन्छन्, ‘टिचिङ लानु पर्दा वीर अस्पतालदेखि जाम, पाटन लानु परे थापाथली र कुपन्डोल दुवैतिर जाम हुन्छ। बिरामीको मायाले म एम्बुलेन्स सकेसम्म बेस्सरी कुदाउँछु। तर, बाटो भए न कुदाउनु, जताततै गाडीको लस्कर भएपछि मैले कसरी छिटो पुर्‍याउने ?’

एम्बुलेन्सले पनि ‘साइड’ नपाउने यो अवस्था आउनुमा अधिकांश चालक साँघुरो बाटोमा धेरै गाडी थपिनुलाई मान्छन्। पछिल्लो ५ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा काम गर्न थालेका काठमाडौं अस्पताल त्रिपुरेश्वरका भीम थापा यो अवधिमा दोब्बर सवारीसाधान थपिएको अनुमान गर्छन्। ‘सडक साँघुरो छ गाडी बढी छन्। साइड दिन चाहे पनि सक्दैनन्। के गरून् उनीहरू पनि,’ थापाले यातायातको साधनले सहयोग गर्न चाहे पनि त्रिपुरेश्वर, कलंकी खण्डमा नसक्ने बताए। थापा भन्छन्, ‘चालकको पनि जिम्मेवारी हुन्छ। समयमा ल्याइपुर्‍याएन भने केही नराम्रो पनि हुनसक्छ। त्यस्तो भयो भने हामीलाई पनि साह्रै नराम्रो लाग्छ।’

‘कुनै जाममा त एम्बुलेन्सलाई अगाडि जान दिनेसम्मको पनि ठाउँ हुन्न,’ चालक राई भन्छन्, ‘सवारीसाधन जाममा पनि खाँदिएका हुन्छन् अनि साइड दिन चाहनेले पनि सक्दैन।’ अर्का एम्बुलेन्स चालक गणेश सापकोटा भने एम्बुलेन्सका चालकहरूको पनि यसमा गल्ती देख्छन्। ‘कहिलेकाहीं बिरामी नभए पनि चालकहरू साइरन बजाउँछन्। अनावश्यक अवस्थामा पनि ट्राफिक नियम मिच्छन्। त्यसैले अन्य सवारीचालकहरूको नकारात्मक धारणा बनेको हो,’ सापकोटाले भने।

आकस्मिक सेवा दिन हरदम तयार रहनुपर्ने एम्बुलेन्स सेवालाई थप प्रभावकारी र राम्रो बनाउने के उपाय हुनसक्छ त ? प्रसूति गृहका एम्बुलेन्स चालक ज्ञानकाजीसँग यसको एउटा उपाय छ। उनी भन्छन्, ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्छ।’ अन्य केही चालक त अब राजधानीमा गाडी किन्नै रोक लगाउनुपर्नेसम्मको धारणा राख्छन्।

आजको कातिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web