राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह

कार्तिक ७, २०८३ मा प्रकाशित | 16 views

राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

बैंकले आज अत्यन्त जरुरी सूचना निकालेर वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ । राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web