कांग्रेस संसदीय दलको कार्यसमिति सदस्यमा देउवा पक्षको वर्चश्व (विजेताहरुको सूचीसहित)

बैशाख २१, २०७३ मा प्रकाशित | 873 views

काठमाडौं,चैत २६ । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्यमा देउवा पक्षको वर्चश्व कायमै रहेको छ ।  २१ सदस्यका लागि बुधबार भएको निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका छन् । ४ जना रामचन्द्र पौडेल पक्षको विजयी भएका छन् । पौडेल समूहबाट जातीय आरक्षणतर्फ खस आर्य पुरुषमा राजन केसी विजयी भएका छन् । उनले ११८ मत पाएका छन् । देउवा समूहका उम्मेदवार बुद्धिराम भण्डारी भने पराजित भएका छन् ।
यस्तै प्रदेश अन्तरगत पौडेल समूहबाट १ मा दिपक खड्का, ४ मा रामचन्द्र पोखरेल र ७ मा भरतबहादुर खड्का विजयी भएका छन् ।
निर्वाचन मत परिणाम अनुसार प्रदेश नम्बर १, ४ र ७ मा पौडेल पक्षका सदस्य विजयी भएका छन्। यस्तै २,३, ५ र ६ मा देउवा पक्षका नेता विजयी भएका छन्। 
निर्वाचन हुने हरुमा 
विजयी हुनेहरू
१५ जना समावेशी कोटा
मधेसी महिला 
प्रमिलादेवी दास    ११२
रश्मी ठाकुर    १२०
मधेसी पुरुष 
रामअयोध्याप्रसाद यादव    १२३
दलित महिला 
आशा विक    १२४
दलित पुरुष 
नरभान कामी    १०५
आदिवासी महिला 
उषा गुरुङ    १०८
ज्ञानकुमारी छन्त्याल    १०९
जनजाति पुरुष 
आङ टावा शेर्पा    १०४
तीर्थबहादुर लामा    १११
खस आर्य पुरुष
राजन केसी    ११८
खस आर्य महिला
गिता राई    १२१
मधु शाही ठकुरी    ११९
थारु
भुटनीदेवी खवास    १०७
मुस्लिम
अब्दुल रज्जाक    १३९
प्रदेशतर्फ
प्रदेश १ : दीपक खड्का    १०३
प्रदेश २ : प्रेमकिशोर प्रसाद साह तेली    १०९
प्रदेश ३ : ध्यानगोविन्द रञ्जित    ११७
प्रदेश ४ : रामचन्द्र पोखरेल    १०९
प्रदेश ५ : बिक्रम खनाल    १११
प्रदेश ६ : तप्तबहादुर विष्ट    १२०
प्रदेश ७ : भरतबहादुर खड्का    ११०

बिहान ९ बजेदेखि दलको कार्यालय सिंहदरबारमा मतदान भएको थियो। संशोधित विधान अनुसार, कांग्रेस संसदीय दलको कार्यसमितिमा दलको नेताले उपनेता, प्रमुख सचेतक र थप ९ सदस्य मनोनित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web