कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा,यस्तो हुँदैछ अबको आन्दोलन

मंसिर १८, २०७३ मा प्रकाशित | 1051 views

<p>काठमाडौं,मंसिर १८ । पाँच नम्बर प्रदेशका पाँच जिल्लालाई टुक्र्याएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध लुम्बिनी अञ्चलमा आन्दोलन चर्किएको छ । प्रस्तावविरुद्ध शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ । प्रतिपक्षी एमाले मात्रै नभएर सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले पनि विरोधसभालाई सम्बोधन गरेका छन् ।<br></p><p>अबको आन्दोलन यस्तो हुँदै छ</p><p>५ नम्बर प्रदेशमा जारी आन्दोलन अझ बढी चर्किने देखिएको छ । तीन दलका केन्द्रीय नेताहरू नै आन्दोलनमा खटिएका छन् । एमाले नेता विष्णु पौडेलका अनुसार अब १२ वटै जिल्लामा सबै क्षेत्रलाई समेटेर संयुक्त संघर्ष समिति बनाइनेछ र विरोध प्रदर्शनलाई निरन्तरता दिइनेछ । आन्दोलनलाई उचाइमा पुर्याउन २० मंसिरमा १२ वटै जिल्लाका सदरमुकाममा संयुक्त विरोधसभा र प्रदर्शन गरिने आजको नयाँ पत्रिकामा खबर छ &nbsp;। &nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web