यू-१९ एसिया कप: नेपाल कठिन समूहमा, कसको भिडन्त को सँग ?

मंसिर १४, २०७३ मा प्रकाशित | 765 views

काठमाडौं,मंसिर १४ । श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कपमा  क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।  मंगलबार सार्वजनिक भएको तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ । नेपालसँगै भारत, श्रीलंका र मलेसिया समूह एमा परेका छन् भने समूह बीमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् ।

तालिकामा समूह ए मा परेको नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ ।  यस्तै समूह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् । डिसेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा कोलम्बोमा नेपालले श्रीलंकासंग खेल्नेछ भने १६ तारिखमा भारतको सामना गर्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । समुहमा शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल २३ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web