सुडानस्थित राष्ट्रसंघीय कार्यालयमा कार्यरत दुई नेपाली अपहरणमा

मंसिर १४, २०७३ मा प्रकाशित | 548 views

काठमाडौं,मंसिर १४ । सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत दुई नेपाली विद्रोही समूहको अपहरणमा परेका छन् । पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट आइतबार दुई नेपाली र एक स्थानीयलाई विद्रोही समूहले अपहरण गरेको हो ।

सुडान र नेपाल सरकारले अपहरणको पुष्टि गरेका छन् । ‘हतियारधारीको समूहले आइतबार तीनजना युएनएचसिआरका स्टाफ (दुईजना विदेशीसमेत) लाई अपहरण गरेका छन् । प्रहरीले अपहरणकारीको खोजी जारी राखेको छ,’ पश्चिम डार्फर राज्य सरकारका प्रवक्ता अब्देल्लाह मुस्ताफाले एएफपीसँग भने ।

परराष्ट्रसचिव शंकरदास वैरागीले अपहरित नेपालीहरूको खोजीका लागि न्युयोर्क तथा जेनेभास्थित नेपाली मिसनबाट राष्ट्रसंघ मुख्यालयसँग समन्वय भइरहेको बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

युएनएचसिआरका कर्मचारीलाई अपहरणकारीले जबर्जस्ती गाडीमा हालेर अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । जेनेइनाको मुख्य मस्जिदनजिकैबाट उनीहरू अपहरणमा परेको स्थानीयले जानकारी दिएका छन् । सन् २००३ देखि डार्फरमा विद्रोही समूहले  हिंसात्मक संघर्ष जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web