दुबईमा हृदयघात भएर नेपाली युवाको मृत्यु

मंसिर ११, २०७३ मा प्रकाशित | 1481 views

दुबई ।
बैदेशिक रोजगारीका क्रममा दुबईमा रहँदै आएका एक नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको छ ।

जेपाली राजदूतावास युएईका अनुसार पाल्पा जिल्ला जल्पा गाविस ९ घर भएका ३१ बर्षिय बिष्णु बहादुर थापाको बिहीबारराती निधन भएको हो ।

यहाँको लुलु कम्पनीको लुलु भिलेज मोहीस्ना दुबई शाखामा सेल्सम्यानको रुपमा काम गर्दै आएका उनि चार बर्षअघि दुबई आएको बुझिएको छ ।

बिहीबार काममा बिदा भएकाले दिनभर कोठामै आराम गरेको र साँझ खाना खान भनेर उठ्ने बेलामा रिङ्गटा लागेर ढलेका विष्णुलाई अस्पताल पुर्याउँदा डाक्टरहरुले मृत  घोषणा गरेका हुन् ।

उनको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रशिद अस्पतालमा राखिएको छ । मृतक थापाको नेपालमा श्रीमती र एक छोरा रहेको बुझिएको छ ।

यहाँ रहेका उनका साथी र विभिन्न संघसंस्थाहरुको पहलमा उनको शव प्रहरी र अस्पताल रिपोर्टपछि नेपाल पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web