२८ कार्तिक, रौतहट ।
पाँच दिन अघि रौतहटमा बलात्कृत भएकी एक बर्षिय बालिकाको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको छ ।

बालिकाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बीरगज स्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

गत कार्तिक २४ गते घरकै झोलुङ्गोमा सुतिरहेकी बालिका लाई अभिभाबक नभएको मौका छोपेर रौतहटको चन्द्रपुर नगरपालिका ११ नयाबस्ति घर भएका ४० बर्षिय हरीहर महत्तोले बलत्कार गरेपछि उनको स्वाथ्य अबस्था नाजुक बनेको हो ।

बलत्कार गरेको आरोपमा महतो पक्राउ परिसकेका छन । बलात्कृत बालिकाको पेट सुन्निनुको साथै, योनीबाट रगत बगिरहेको र पखाला लागेको कारण स्वास्थ्य अबस्था नाजुक बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन ।

खानलाउन समस्या भएका ती बालिकाको उपचार खर्चमा समेत समस्या रहेको छ ।

महिला सुरक्षा दवाव समुहले बालिकाको उपचारमा खर्च रकम सहयोग गरेको कार्यक्रम संयोजक टिका घिमिरेले बताउनु भयो ।

20.12¡ÆC