कांग्रेस संसदीय दलमा मनोनयन सकियो, शाह निर्विरोध

बैशाख १९, २०७३ मा प्रकाशित | 819 views

काठमाडौं,चैत २५ । नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । नेपाली कांग्रेसको २२ सदस्यीय संसदीय दल कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको मनोनयन दर्ता भएको छ । शुक्रबार हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुको प्रथम नामावली प्रकाशित भएको छ ।

संसदीय दल कार्यसमितिमा सात प्रदेशबाट सात जना, जनजाति चार, मधेसी तीन, खस आर्य तीन, दलित दुई तथा मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट एक(एक जनाका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
 
प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
 
त्यस्तै, समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ । आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
 
खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् ।
मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन् ।
 
त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन् । कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम÷लक्ष्मण रिमालले कांग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाका बारेमा जानकारी गराए ।
 
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि  बिहिबार बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५:३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
 
कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web