एजेन्सी,कात्तिक २८ । राजकोटमा भइरहेको इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा भारतक कप्तान विराट कोहली पछिल्लो १४ वर्षको अवधिमा टेस्ट क्रिकटमा हिट–विकेट आउट हुने विराट पहिलो भारतीय खेलाडी बनेका छन् । चौथो दिनको खेलको क्रममा शनिबार विराट हिट–विकेट आउट हुदाँ उनको नाममा नयाँ किर्तीमानी बन्न पुगेको हो । कोहली अदिल रशिदको बल ब्याटिङको क्रममा हिट–विकेट आउट भएर कीर्तिमान बनाएका हुन् । ४० रन बनाएका विराट राम्रो लयमा देखिएका थिए । उनी रशिदको बल पुल गर्ने क्रममा ब्याकफुटमा गए र उनको खुट्टा विकेटमा लाग्यो ।

यसअघि सन् २००२ मा भिभिएस लक्ष्मण पनि यसैगरी आउट भएका थिए । यस्तै विराट पछिल्लो ६७ वर्षमा यसरी आउट हुने पहिलो भारतीय टेस्ट कप्तान बनेका छन् । सन् १९४९ मा लाला अमरनाथ मद्रास टेस्टमा हिट–विकेट आउट भएका थिए । टेस्ट क्रिकेटको एक सय ३९ वर्षको इतिहासमा यसरी आउट हुने विराट विश्वका एक सय ५५ औं तथा भारतका २२ औं खेलाडी हुन् ।

27.12¡ÆC