दोधारा चाँदनी नुनको हाहाकार,एक पाकेटको ३२ रुपयाँ

कार्तिक २७, २०७३ मा प्रकाशित | 878 views

पप्पु गुरुङ्ग- २७ कार्तिक दोधारा चाँदनी ।

सिमावर्ती भारतिय बजारमा नुनको अभाव देखिएपछि दोधारा चाँदनीमा नुनको हाहाकार देखिएको हो । दोधारा चाँदनीको बजारहरुमा नुन नपाउदा स्थानियहरुले महङ्गो दर रेटमा नुन खरिद गर्नु परेको छ् । दोधारा चाँदनीको बाबाथान बजार, आमभोज तथा चाँदनी लगाएत बजारहरुमा नुन नपाउदा दोधारा चाँदनीका स्थानियहरुले ब्यापारीको गोदाममा रहेका नुन चर्को दर रेटमा खरिद गर्नु परेको हो ।

नेपाली नुन आयातित नहुने दोधारा चाँदनी क्षेत्रमा बिगत लामो समय देखि भारतिय बजारका नुनमा आश्रित हुदै आएका छन् । सिमावर्ती भारतिय बजार मेलाघाट, नगरा तथा बंगाली कलौनी लगाएत सिमावर्ती बजारमा नुनको अभाव हिजोबाट देखिदै आएको हो ।

आज बिहान नुनको अभाव भारतिय संचारमाध्यमहरुमा आएपछि दोधारा चाँदनीबासीहरु नुन खरिदको लागी दोधारा चाँदनीका खुद्रा पसलहरुमा ओईरो लागेका थिए । भारतिय सिमावर्ती बजारमा हिजो सम्म नुनको अभाव देखिएपनि आज चर्को दर रेटमा नुन बिक्रि भईरहेको दोधारा चाँदनी बाबाथान बजारका खुद्रा ब्यापारी बल बहादुर सुनारले बताएका छन् ।

“हिजो सिमावर्ती बजारमा नुन नपाई पनि आज बिहान देखि दोब्बर दरमा नुन पाईरहेको छ्” खुद्रा ब्यापारी बल बहादुर सुनारल खुद्रा ब्यापारी बल बहादुर सुनारले भने “सिमावर्ती भारतिय बजारमा १६ रुपियाँ पर्ने नुनको प्याकेट आज ३२ रुपियाँमा पाईरहेको छ्” हिजो अबेर साँझ सम्म नुनको अभाव भएको हल्ला फैलिएपछि आज बिहान मात्रै दोधारा चाँदनीको खुद्रा पसलमा नुन खरिद गर्नेको ओईरो लागेको हो ।

नुनको अभावको कारण आज बिहान सिमावर्ती भारतिय नागरिक समेत नेपाली बजारमा नुन खरिद गर्न आएको स्थानियबासी तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य गगन खत्रीले बताएका छन् । “सिमावर्ती बजारहरुमा खाने नुनको अभाव देखिएपछि दोधारा चाँदनीमा समेत खाने नुनको अभाव देखिएको हो” गगन खत्रीले भने ।

भारत सरकारले नुनको अभाव नभएको बताए पनि भारतिय बिभिन्न बजारहरुमा नुन हिजो सम्म नुनको अभाव देखिदै आएको हो । आज बिहान मात्रै नुन खरिद गर्न बाबाथान बजार पुगेका डम्मर गुरुङ्गले दोब्बर मुल्य तिरेर खाने नुन ल्याएको बताएका छन् । “खाने नुन कहिकतै पाईएको छैन् । दोब्बर मुल्यमा खरिद गर्नु प¥यो” स्थानिय डम्मर गुरुङ्गले बताए ।

आज बिहान मात्रै खाने नुन सिमावर्ती बजारमा देखिएपनि दोब्बर दर भाउमा नुन बिक्रि हुदै आएको ब्यापारीहरुले बताएका छन् । न्युन मात्रामा नेपाली नुन प्रयोग गर्ने दोधारा चाँदनीबासीले बिगत लामो समय देखि सिमावर्ती भारतिय बजारबाट आउने बिभिन्न ब्राण्डका खाने नुन प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web