अष्ट्रेलियाका तीन मूख्य शहरमा नेपाल महोत्सव हुँदै

कार्तिक २७, २०७३ मा प्रकाशित | 1085 views

मुकुन्दराज भेटुवाल-अष्ट्रेलिया ।
गैर आवासिय नेपालीसंघ अष्ट्रेलियाको आयोजनामा एकैपटक तीन मूख्य शहरमा नेपाल महोत्सव आयोजना हुने भएको छ ।

आगामी नोभेम्बर १२ तारिख शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा पहिलो नेपाल महोत्सव हुने भएको छ । आयोजकले यहाँ २० हजार मानिसले नेपाल महोत्सव अवलोकन गर्ने अपेक्षा गरेको बताएको छ ।

यसैगरि किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूले ब्रिसबेनबासीलाई नेपाली स्वाद संगै नेपाली परम्परा र संस्कृति चिनाउने प्रयास गरिने आयोजकले विश्वास लिएको छ ।

एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटकको महोत्सव हेर्न लायक हुने आयोजकको दाबी छ ।

आयोजकले नेपाल महोत्सवलाई सफल र भव्य बनाउन महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृति झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धि र सीप हस्तान्तरण सम्वन्धी एकदिने कार्यशालाकोसमेत आयोजना गरिन लागेको छ ।

अष्ट्रेलियाको सरकारी, गैरसरकारी, अनुसन्धान संस्थाहरु, विश्वविद्यालयमा काम गर्ने विज्ञहरु सम्मिलित उक्त कार्यशालाले नेपालको पुनर्निर्माण र विकासमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा लिएको छ ।

महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आफ्ना लोकप्रिय गितहरु गाउने भएका छन् ।

यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकीय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिने भएको छ । यहाँ करिव ५० हजार दर्शकले अवलोकन गरिने अपेक्षा गरिएको छ ।

यसै गरी मेलवर्नमा भने महोत्सव आउँदो डिसेम्बर १७ मा आयोजना हुनेछ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।

आयोजकले नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभािगता रहने ठोकुवा गर्दै अध्यक्ष सुरेन सिग्देलले नेपालको बिकास र प्रवद्र्धनमा यो आफुहरुको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web