भानुमा महायज्ञको लागी तयारी सुरु

कार्तिक २६, २०७३ मा प्रकाशित | 952 views

पप्पु गुरुङ्ग- २६ कार्तिक, दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका अन्र्तगतको एक मात्र वृहत तथा अग्रणी सामुदायीक शैक्षिक संस्था भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले अक्षय कोष निमार्णको लागी धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।  दोधारा चाँदनीको एक मात्र स्नातक तह सम्म अध्यापन गराउने शैक्षिक संस्थाले आफ्नो अक्षय कोष निमार्ण गर्न आउदो मंसिर २८ गते देखि धार्मिक महोत्सव ज्ञान महायज्ञ संचालन गर्ने भएको भानु बहुमखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिव खड्काले जानकारी दिनुभएको छ् ।

आज भानु बहुमखी क्याम्पसको हातामा बसेको आम भेलाले मंसिर २८ गते देखि संचालन गर्ने गरि धार्मिक ज्ञान महायज्ञ संचालन गर्न निर्णय गरेको हो । भानु बहुमखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्षतामा संचालन भएको आम भेलाका संचालक क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले गर्नु भएको थियो ।

भेलाले क्याम्पसको सर्वागिण बिकासका लागी अक्षय कोष तथा दोधारा चाँदनी क्षेत्रको आध्यात्मिक चेतना अभिबृद्धी एवम् पृतिमोक्षको लागी नेपालकै प्रख्यात गुरु वाचन प्रविण दीनबन्धु पोखरेलको मुखार विन्दबाट कथा बाचन हुने गरि धार्मिक महोत्सव संचालन गर्ने निर्णय समेत गरेको छ् । भेलाले समाजसेवी तथा ब्यवसायी जंग बहादुर चन्दको अध्यक्षतामा गग्न खत्री महासचिव, कोषाध्यक्ष धनसरा चन्द हुने गरि २८ सदस्यीय ज्ञान महायज्ञ आयोजक मुुल समिति र तत्कालीन दोधारा गाबिस कार्यालय अध्यक्ष बेल बहादुर रानाको संयोजकत्वमा ११ सदस्यीय ज्ञान महायज्ञ आयोजक सल्लाहकार समिति गठन गरिएको छ् ।

आगामी दिनहरुमा महायज्ञ आयोजक मुुल समिति बिस्तार तथा बिभिन्न उपसमिति गठन गर्ने समेत निर्णय गरिएको क्याम्पस प्रशासनले जनाएको छ् । आम भेलाले दोधारा चाँदनीका प्रत्येक वडाहरुमा गएर बिभिन्न समिति तथा उपसमिति गठन गरि भानु बहुमुखी क्याम्पसमा संचालन हुने धार्मिक महोत्सव ज्ञान महायज्ञलाई भबयताको साथ सम्पन्न गर्ने समेत अपेक्षा गरेको छ् । भेलाको स्वागत भानु बहुमखी क्याम्पसका सहायक प्रमुख गग्न खत्रीले स्वागत गर्नु भएको थियो । क्याम्पसको स्थापना हुदा भानु उच्च माध्यमिक बिद्यालय भवनमा सञ्चालन भएको र तत्काल स्थापनाकालमा २४ जना विद्यार्थी ६ जना प्राद्यापक २ जना कर्मचारी बाट हाल आएर क्याम्पसले ११ कोठे भवन निमार्ण गरी ५ कोठा निमार्णाधिन अवस्थामा छन र विद्याथी संख्या करिव २ सय हाराहारी रहेको छन भने यस क्याम्पस बाट झण्डै १ सय विद्यार्थी जना स्नातक उर्तिण गरेर उच्च शिक्षा अध्ययन गर्न बाहिर गईसकेका छन । झण्डै १४ जना प्राद्यापकहरु र ४ जना कर्मचारी वर्तमान अवस्था कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web