२५ कात्तिक,काठमाडौं ।

यातायात व्यवस्था विभागका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि सजिलो नियम ल्याउने भएको छ । ट्रायलमा फेल भएर हैरानी परेका लागि यो नियम उपयुक्त हुने भएको छ । मंसिर १ गतेदेखि सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु गर्न लागेको विभागले अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने नियम जारी गर्न लागेको हो । यसभन्दा अघि ट्रायलमा फेल भएपछि फेरी लिखत परिक्ष दिनुपर्ने नियम रहेको थियो ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले अब त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डको अनुसार मंसिरदेखी अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भएपनि ३ पटकसम्म आफुलाई प्रमाणित गर्ने अवसर मिल्नेछ ।

17.12¡ÆC