संगीताले जितिन् मिस एण्ड मिसेज नेवा जापानको उपाधि (फोटो फिचर)

कार्तिक २५, २०७३ मा प्रकाशित | 1367 views

टोकियो ।
मिस एण्ड मिसेज नेवाः जापानको उपाधि संगीता शाक्यले जितेकी छिन् ।

वर्ल्ड नेवा ः अर्गनाईजेशन जापानले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उपाधि संगीताले जित्दा अनुस्का शाक्य दोस्रो भइन् भने तेस्रो उपाधि सृजना शाक्यले पाइन् ।

मिस एण्ड मिसेज नेवा ः जापान ११३७ नाम राखिएको प्रतियोगितामा क्रमश सनम रंजितकार चौथो, प्रमिला शाक्य पाँचौ हुँदा शर्मिला शाक्य छैटौं र क्रमश खुशी डंगोल सुबेदी, नेहा श्रेष्ठ, शर्मिला महर्जन र मेलिना महर्जन दशौं भइन् ।

तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य, रिया जोशी र सकुल प्रजापतिले नेवार नाच र जापानी युको ओकामोतोले चर्या नृत्य र त्यसको परिचय प्रस्तुत गरेका थिए । रुकेश गोसाईले धिमेबाजा र रोहित सिल्पकारले भुस्या बाजा बजाई कार्यक्रममा मनोरंजन दिलाएका थिए ।

कार्यक्रममा नेवा ः अर्गनाईजेशन जापानका सह सयोंजक इन्दिरा सुजुकी राजभण्डारी, कार्यक्रम संयोजक सुनिल कुमार शाक्य, प्रमुख अतिथि भवन भट्ट लगायतले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, सिटी एक्सप्रेस एण्ड ट्राभलका प्रबन्धक महेश श्रेष्ठ, नेपाली भाषाबारे जानकार ब्यांचा दाई, कास्की पोखरा समाजका वरिष्ठ सल्लाहकार प्रकाश लाल श्रेष्ठ ,रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, रामेछाप जापान समाजका प्रमुख सल्लाहकार सुरेन्द्र लाल श्रेष्ठ, पर्वत समाज जापानका अध्यक्ष ईश्वर जोशी, नेवा ः जागरण जापानका अध्यक्ष जनक राज शाक्य, नेवाः गुठी जापानका संस्थापक अध्यक्ष सकुल प्रजापति, वर्ल्ड नेवा ः अर्गनाईजेशन जापानका सल्लाहकार अनिल कुमार शाक्य ,ओकिनावा प्रतिनिधि नारायण जोशी ,संस्थाकी सह संयोजक इन्दिरा सुजुकी राजभण्डारी ,एनआरएनए जापानकी सदस्य सबिता श्रेष्ठज्यु,कलाकारहरु युको ओकामोतो मल्ल ,रिया जोशी र रुमि शाक्यलाई खादा ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै मिस एण्ड मिसेज नेवास् जापानमा उपाधि हासिल गर्ने सुन्दरीहरुलाई महेश श्रेष्ठज्युले प्रमाण पत्र बितरण गरेका थिए भने भबन भट्टले ताज पहिरयाई दिएका थिए ।

मिस एण्ड मिसेज नेवाः जापान ११३७ का विजेताले ३० हजार येन नगद, फस्ट रनरअपले २० हजार येन र सेकेण्ड रनरअपले १० हजार येन नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै तेस्रो रनर देखि दशौं रनर सम्मले बिभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web