धनकुटामा धान धन्क्याउने युवा पाइन छाडे

कार्तिक २२, २०७३ मा प्रकाशित | 1489 views

२२ कार्तिक, धनकुटा ।
नेपालको धरै ठाउँमा अन्नबाली उब्जनी नभएर बसाई सराई हिंड्नुपर्ने बाध्यता छ तर उता धनकुटाको बोधे गाबिसमा भने पाकेको धानबाली थन्क्याउने जनशक्ति नहुंदा किसानहरु समस्यामा परेका छन् ।

बैदेशिक रोजगारमा गएर यूवाहरु गाउँमा नभएपछि यति बेला बुढापाकाहरु भेला पारेर धान भण्डारण गनुृपर्ने बाध्यता रहेकोले बिस्तारै जमिनै बाँझो छाड्ने अबस्था आएको बोधे ५ हंसमोरङ्गका ६३ बर्षिया गोबिन्द बहादुर बस्नेत बताउनु हुन्छ ।

त्यस्तै धान खेती गर्ने र काट्न दैनिक ५ सय ज्याला दिंदा समेत कामदार नपाउने भएपछि बुढापाकाको सहारामा धान खेती गर्नुपर्ने बाध्यता भएको सोहि गाउँकी किसान रुपा देवी दाहाल बताउनु हुन्छ ।

सो गाउँको जमिन तराईमा जस्तै एक माना बिउ बरावर एक मुरी धान फल्ने उर्वर भएपनि यूवाहरुको अभावमा गाउँका ४५ परिवारले हरेक बर्ष धान खेती गर्न समस्या भोग्नु परेको गाउँलेहरुको गुनासो छ ।

बोधे गाबिस जस्तै धानबालीको पकेट क्षेत्रका रुपमा रहेका धनकुटाको लेगुवा,सान्ने,मारेकटाहारे लगाएतका गाबिसहरुमा पनि यूवा जनशक्तिको अभावमा धान खेती गर्न गाह्रो भईरहेको गाउँलेहरुको भनाई रहंदै आएको छ ।

गत बर्ष धनकुटामा ७ हजार ८ सय २०  हेक्टर मा २५ हजार ८ सय मेट्रिक टन बर्खे धान उत्पादन भएको थियो । यो बर्ष भने प्रसस्त बर्षा भएको कारण धान उत्पादन २० प्रतिशत सम्म बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web