जापानद्धारा चितवनको लागि दुई करोड ४५ लाख सहयोग

कार्तिक १९, २०७३ मा प्रकाशित | 1034 views

१९ कार्तिक, काठमाडौं ।
जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले सहयोग उपलब्ध गराउन लागेको हो ।

काडमाडौंस्थित जापानी राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web