९ कार्तिक, काठमाडौं ।
नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई अत्यिधिक मतले पारित गर्नेगरी भूमिका खेल्ने निर्णय गरेको छ ।

सिहंदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा आज बसेको स्थायी समितिको बैठकले महाभियोग प्रस्तावलाई अत्यधिक बहुमतले पारित गराउन संसदमा प्रतिनिधित्व गरेका सबै दलहरुलाई आग्रह समेत गरेको छ ।

महाभियोगबारे निणर्य लिन प्रमुख दल नेपाली काँगे्रस सँग छलफल गर्ने विषमा बैठकमा छलफल भएको एमाले सचिव पृथ्वी सुब्बा गरुङले जानकारी दिनु भयो ।

27.12¡ÆC