मधेशी मोर्चा लोकमान सिंह कार्की महाअभियोगमा ‘भारतीय निर्देशन’ कुर्दै !

कार्तिक ८, २०७३ मा प्रकाशित | 819 views

८ कार्तिक, काठमाडौं ।
कार्यकारी अधिकारमा पुगेपछि सत्ता र भत्ता मात्र देख्ने अनि क्षेत्रियताका कुरा गर्दै भारतीय निर्देशनमा राजनीति गरिरहेको आरोप लाग्दै आएको मधेशी मोर्चा विवादीत लोकमानसिंह कार्कीबारेमा केही नबोली बसेको छ ।

निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगपछि बचाउमा भारत लागेपछि उस्तै लाइन समात्दै मौन बसिरहेको मोर्चाका नेताहरु कार्कीको बचाउमा देखिएका छन् भने तल्लो पंक्ती कार्कीमाथि महाअभियोग लगाउनुपर्ने पक्षमा उभिएका छन् ।

महाअभियोगलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा मोर्चाका नेताहरु भित्रभित्र बिवाद गरिरहँदा बाहिर भने चुँक्क नबोली कार्कीको मौन समर्थनमा उभिएका छन् ।

कार्कीमाथिको महाअभियोग बिवादबाट बच्नकै लागि संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव दोलखा, रामेछाप हुँदै जनकपुर भ्रमणमा हिँडिरहेका छन् ।

महेन्द्र यादव, राजेन्द्र महतो र अनिल झा समेत काठमाडौंमा बस्दा मिडियाको निशानामा पर्ने भएपछि बच्नको लागि तराईतिर झरेका छन् ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव समेत यसमा मौन बस्दै समय आएपछि बोल्ने बताउन थालेका छन् ।

यहाँसम्मकी बिवादीत कार्कीलाई हटाएर कारवाही गर्ने पक्षमा देशभर माग र जनस्तरबाट दबाव आइरहँदा मधेशी मोर्चा भने संविधान संशोधन छल्न कार्कीको काण्ड अगाडी ल्याइएको बताउन थालेको छ ।

केही मधेश केन्द्रित नेताहरुभने एमालेको नेतृत्वमा महाअभियोग ल्याइएको भन्दै विषयवस्तु भन्दा कसले ल्याएको भन्ने महत्वहिन कुरा अघि सारेर कार्कीको पक्षमा उभिने तरखरमा राजनीतिकरण गर्न थालेका छन् ।

उमेन्द्र यादव नेतृत्वको फोरमका उपाध्यक्ष लालबाबु राउतले महाअभियोगको बिरोध गरिसकेको अवस्थामा उनको पार्टी कार्कीको बचाउमा लागेको ठानिएको छ ।

राउतले महाअभियोग प्रस्तावको बिरोध गर्दा समेत पार्टी अध्यक्ष रहेका उपेन्द्र यादव मौन रहनुले भारतले पक्ष लिएर बचाउको प्रयास गरिरहेका कार्कीको बचाउमा उनको पार्टी पनि लागेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web