नेपालमा अब सिमकार्डबाटै भिडियो कल गर्न सकिने फोरजी सञ्चालन हुने भो

कार्तिक ७, २०७३ मा प्रकाशित | 1143 views

७ कार्तिक, काठमाडौं ।
नेपाल सरकार नियन्त्रीत नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको अनुमति पाएको छ ।

यो अनुमतिसँगै दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकम पहिलो फोरजि सेवा सञ्चालन गर्ने कम्पनी बन्ने भएको छ ।

प्राधिकरणको सञ्चालक बोर्डले टेलिकमलाई फोरजि सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।

टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइने भएको छ ।

अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्ने बताइएको छ ।

यसअघि नेपाल टेलिकमसँग प्राधिकरणले दशैं अगावै फोरजी सञ्चालनको कार्ययोजना माग गरेको थियो ।

टेलिकमले अनुमति पाएको दुई महिनाभित्र अर्थात पुस महिनादेखि काठमाडौं र पोखराको शहरी क्षेत्रमा फोरजी सेवा सञ्चाल्नमा ल्याउने कार्ययोजना बनाएको छ ।

यो कार्ययोजना अनुसार अब समयमै टेलिकमले अनुमतिको निर्णय र कार्यान्वयन गरेमा माघ महिना भित्रमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

सस्तो र सबैभन्दा बढी ग्राहक भएको नेपाल टेलिकमले फोरजि सेवा सञ्चालन गरेमा हाल थ्रिजि सेवाबाट अनलाईनमा कुरा गर्न समस्या झेलिरहेका प्रयोगकर्ताहरुले भिडियो कल समेत गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web