५ कार्तिक, सल्यान ।
अख्तियार दुरुपयोग आयोगका प्रमुख आयूक्त लोकमानसिहं कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिन भन्दै सल्यानमा विरोध जुलुश निकालिएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी सल्यानले विरोध जुलुश प्रर्दशन गरेको हो ।

आयुक्त कार्कीले भष्टाचारलाई प्रशय दिएको तथा ठुला माछा समाउन नसकेको भन्दै क्रान्तिकारीले आज साँझ सल्यान खलंगामा विरोध जुलुश प्रर्दशन गरेको हो ।

महाअभियोगको प्रस्ताव पारित गर्न संसदहरुले खुट्टा नकमाउन भन्नका लागि विरोध जुलुश निकालिएको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

खलंगा टुडिखेलबाट सुरु भएको विरोध जुलुश डाँडागाउँ, हुदै पुरानो बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले महाभियोग प्रस्ताव पारित नभए दलहरुको पनि अस्तित्व नामेट हुने चेतावनी दिएका छन् ।

17.12¡ÆC