२९ असोज, काठमाडौं ।
बडादशै अन्तर्गत आज कोजाग्रत पूर्णिमा, मुलकभरी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मी पुजा आराधना गरि मनाइदै छ ।

बिजया दशमीको दिनदेखि प्रारम्भ भएको टिका र जमरा लगाउने कार्य विधिवत रुपमा आजकै दिनवाट पुरा हुन्छ ।

यसका साथै घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा, कलश लगायत पूजाका अन्य सम्पूर्ण सामाग्री आजै विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमा नेपालीहरुको अर्को महान चाड तिहारको आगमन हुन लागेको सकेंंतको रुपमा पनि मनाइन्छ ।

यसै पूर्णिमा देखि स्वच्छ र खुल्ला आकाश तथा ग्रह नक्षत्रहरुको सम्मान सूचक आकशदीप वाल्ने परम्परा पनि छ ।

आफ्नो घरको धुरी कौशिमा आकाशदीप बालेर धनकी अधिष्ठात्री देवी महालक्ष्मीलाई आ–आफ्ना घरमा बास गर्न आव्हान गरेको वा निम्ता दिएको पनि मानिन्छ ।

14.93¡ÆC