दुबई लैजाने भन्दै ओमान पुर्‍याएर पाँच लाखमा युवती बिक्री

अशोज २९, २०७३ मा प्रकाशित | 919 views

२९ असोज , काठमाडौं ।

दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्‍याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ । काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा (नाम परिवर्तन)लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँ बिक्री गरेको प्रहरीले बताएको छ ।

चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचार छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ओमान पुर्‍याइएको हो ।

प्रहरीका अनुसार रुविनाले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिइन् । दुई महिनाको मात्र तलव पाएको र घरमा अशुसरह व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web