ब्यक्तिगत खर्चमा प्रतिक्षालय निर्माण

अशोज २८, २०७३ मा प्रकाशित | 727 views

२८ असोज, पर्वत ।
पर्वत बाच्छा गाबिसको फोक्सिङमा प्रतिक्षालय निर्माण गरिएको छ ।
उक्त गाबिस वडा नं।१ निवासी समाज सेवी नौलाविर क्षेत्रीले निजि लगानी नगद रु।२ लाखमा प्रतिक्षालय निर्माण गर्नुभएको हो ।

क्षेत्रीको ८४ पुजाको अवसर पारी यहिँ बैशाख बाट शुर भएको निर्माण कार्य असोजमा सम्पन्न गरि शुक्रबार उद्घाटन गरिएको छ । प्रतीक्षालय बनाउनुको मुख्य उद्देश्य भनेको यात्रुलाई सेवा दिने र सार्वजनिक जग्गाको संरक्षण गर्नु रहेको क्षेत्रीले बताउनुभयो ।

पानी आउँदा ओत लाग्न, चर्को घाममा शीतल ताप्न यात्रुहरुलाई यात्रामा सहजहोस भन्ने उद्देश्यले आफ्नो निजि लगानीमा प्रतिक्षालय स्थापना गरेको उहाँले बताउनुभयो ।

आफुको चाहना पहिँले देखि पाटी पौवा,मठ मन्दिर,चौपारी प्रतिक्षालय निर्माण गर्ने भएको भन्दै बाटो मा हिड्ने यात्रुले यात्रा गर्दा अतिनै कष्ठ जेलेको आफुलाई सैह्य नभएर प्रतिक्षालय निर्माण गरेको क्षेत्रीले बताउनुभएको छ ।

कालिगण्डकी लोकमार्ग अन्तर्गत बाच्छा खण्डमा दिनहु यात्रा गर्ने यात्रुले प्रचण्ड गर्मीमा घटौँ गाडीको प्रतिक्षा गर्न बाध्य भएको भन्दै यात्रुलाई सहज होस भनी अफुलाई उक्त कार्य गर्न मन लागेको उहाँले बताउनुभयो ।

उक्त ठाउँमा पर्वत र बाग्लुङ का बिभिन्न गाबिसबाट आउने र गाउँ गाउँ जानेहरु समेत गाडीको पर्खाइमा बस्नु पर्ने भएतापनि ठाउँको अभाव थियो ।

यात्रुलाई बाटोमा हिड्दै गर्दा पानी आउदा र विश्राम गर्नको लागी यात्रु प्रतिक्षालय नहुदा आफ्नो सरसमान राख्न सारै समस्या भएको यात्रुहरुले गुनासो गरेका थीए ।

कालिगण्डकी लोकमार्ग अन्तर्गत बाच्छाको फोक्सिङमा निमार्ण गरेको उक्त प्रतिक्षालय बाट हजारौँ यात्रु लाभान्वित हुने भएका छन् । उक्त स्थानमा प्रतिक्षालय निर्माण गरेसगैँ पैदल यात्रुलाई समेत केहीँ राहात हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web