२८ असोज, बैतडी ।
बैतडीमा आत्महत्याका घटना दोब्बरले वृद्धि भएपछि यसको न्यूनीकरणका लागि प्रहरी पहल थालेको छ ।

आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आत्महत्या विभिन्न कारणले हुने भएकाले यसको न्यूनीकरणका लागि प्रहरीले पहल थालेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिनुभयो । पारिवारिक अवस्था,आर्थिक अवस्था, केटा र केटीबीचको सम्बन्ध लगायतका कारणले आत्महत्याका घटनाहरुमा वृद्धि भइरहेको प्रहरीको बुझाई छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै ३० जनाले आत्महत्या गरेका थिए भने अघिल्लो आव २०७१/७२ मा १६ जनाले आत्महत्या गरेका थिए । तर चालु आवको ३ महिना नपुग्दै १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज महिनामा मात्र ४ जनाले आत्महत्या गरेका छन् । बिहीवार मात्रै एघार दिनदेखि बेपत्ता रहेकी थलाकडा ८ का विरेन्द्र सिंह धामीकी २० बर्षिया सुत्केरी श्रीमती पार्वती धामी घरनजिकै बाजको रुखमा झुण्डिएको अवस्थामा फेला पारेकी थिईन । आत्महत्या गर्नेमा १४ देखि ६० उमेर समुहका रहेका छन ।

आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेकोले के कारणले तनाब भएको हो त्यो कारण पत्ता लगाई न्युनिकरण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राणाले बताउनुभयो ।

20.28¡ÆC