२५ असोज, बैतडी ।
योङ्ग कम्युनिष्ठ लिग वाईसिएलका केन्द्रीय कमिटि सदस्य कमल बोहरा माथि साझँ खुडाँ प्रहार भएको छ ।

बैतडीको पाटनमा लागेको मेला बाट घर फर्किने क्रममा बोहरा माथी समूहमा आएका अज्ञात ब्यक्तिहरुले खुडाँ प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको छ ।

परिवारका सदस्यहरु सहित बोहरा मेला हेरी घर फर्किरहेका बेला केहि ब्यक्तिले गाडि रोक्न लगाई परिवारका सदस्यहरु माथि हातपात गर्दै खुडाँ प्रहार गरेको घाईते बोहराले बताउनुभयो ।

घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको डिएसपि बाल नर सिहँ राणाले जानकारी दिनुभयो ।

उनिहरुले जात्रामा रागां काट्न लगेको खुडा प्रहार गरेको हुन सक्ने स्थानिय बसन्त बिष्टले बताउनुभयो । अहिले घटनाको थप अनुसन्धान भैरहेको छ ।

15.65¡ÆC