२४ असोज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले असोज २५ गते टीकाका दिन विहान १० देखि १२ बजेसम्म निजी निवास बालकोटमा परिवार तथा आफन्त र पार्टीका इच्छुक नेता तथा कार्यकर्ता र दिउँसो ३ बजेदेखि इच्छुकहरुसँग टीका लाउने र लाईदिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैं २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

ओलीले नेपालीहरुको महान पर्व बडा दशैंले संविधानले निर्धारित गरेको समय सिमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिहरुमा प्रेरणा मिलोस भनी कामना गरेका छन् ।

अध्यक्ष ओलीले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीहरुबीचको एकता र सदभावको निरन्तरता एवं राष्ट्रिय एकताको लागि पनि कामना गरेका छन् ।

20.28¡ÆC