कैलाली कारागारबाट कैदी फरार

अशोज २१, २०७३ मा प्रकाशित | 1352 views

२१ असोज, धनगढी ।
कैलाली जिल्ला कारागारबाट गएराती एक जना कैदी फरार भएका छन् । घटनापछि कारगारमा डियूटीमा रहेका एक जना प्रहरी हवल्दारलाई नियन्त्रणमा लिइएको छ ।

मानव बेचबिखन मुदामा कैद भुक्तान गरिरहेका सुरज कोली कारागारबाट भागेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

धनगढी उपमहानगर पालिका ६ घर भएका कोलीको  खोजी कार्य भइरहेको उहाले बताउनुभयो ।

कारागारको चौकीदार 'नाइके' रहेका कोली किनमेल गर्नका लागि बजार गएका वेला भागेको कारागारले जनाएको छ ।

'१२ बर्ष कैद सजाए पाएका उनको कैद भुक्तान गर्न एक बर्ष बाकी रहेको अवस्था उनी फरार भएका हुन् ।

कोली भागेको खवर ढिलोगरी पाएको प्रहरीले कारागारमा कार्यरत प्रहरी हवल्दार धन बहादुर बिष्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web