मैनालीको जिवन जोगाइदिन माग

अशोज २०, २०७३ मा प्रकाशित | 698 views

२० असोज, झापा ।

झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन लगायतका ६ सूत्रीय माग राखी ९ दिन देखि आमरण अनसनमा बसेका चैतन्यप्रकाश मैनालीको मागप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धता जनाउदै उनको जीवन रक्षामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय शान्ति समिति सहित झापाका राजनीतिक दलहरुले स्वास्थ्य शिक्षा नागरिक समाज मेचीका तर्फबाट उठाइएका ६ बुँदे माग सम्वोधन गर्न र आमरण अनसनरत् समाजका उपाध्यक्ष मैनालीको जीवन रक्षाका लागि सरकार संग माग गरेका छन् ।

संवाद समूहको सचिवालय बिर्तामोडमा आज भएको समाजको वार्ता टोली,स्थानीय शान्ति समिति र राजनीतिक दलका नेताहरु वीचको छलफलबाट आमरण अनसनरत् मैनालीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै समस्या समाधानका लागि सरकार र सबै दलको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

‘बडादशैको मुखमा भएको आन्दोलनले स्थानीय शान्ति समिति, हामी राजनीतिक दललाई अझ गम्भीर बनाएको छ’– निर्णयमा भनिएको छ–‘आन्दोलनको स्वरुप परिवर्तन गरी मैनालीको जीवन रक्षा गर्न र यस विषयलाई निरन्तर खबरदारी गरी समस्या समाधानमा अग्रसरता लिन आन्दोलनरत् पक्ष , मानवअधिकारवादी, नागरिक समाज, सञ्चारक्षेत्र, राजनीतिक दल, स्थानीय प्रशासन, सरकारसहित सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।’

मैनाली असोज १२ गतेदेखि स्वास्थ्य शिक्षा नागरिक समाज मेचीकोतर्फबाट आमरण अनशनमा बस्नुभएको हो ।

स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, समितिका पूर्व संयोजक तथा नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देश, नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुंगेल, राप्रपा नेपाल झापाका सचिव केशवप्रसाद ओझा लगायतले समाजले उठाएको मागप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो ।

दलका नेताहरुले मैनालीको आमरण अनसनप्रति  सरकार गम्भीर नभएको भन्दै समस्या समाधानका लागि तत्काल निकास खोज्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web