टिकट बुकिङ भोलिबाट फेरि खुल्ने

अशोज १६, २०७३ मा प्रकाशित | 903 views

काठमाडौं,असोज १६ । दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन यातायात व्यवसायीहरु तयार भएका छन् । परमिट, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाउने , देशभरका सडकको अवस्था लगायत विभिन्न माग तथा सर्त राख्र्दै आएको यतायात व्यवसायीहरु र सरकारबीच विभिन्न चरणाको वार्ता पश्चात दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन सहमत भएका हुन् ।
सरकारसंग आफ्ना मागहरु केहि नमिलेकाले यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएको कुरा यातायत व्यवसायी राष्ट्रिय महासंघद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत विज्ञप्ति मार्फत व्यक्त गरेको छ । महासंघका का.वा अध्यक्ष दोलनाथ खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ।

महासंघले सरल तरिकाले सवारीसाधनको व्यवस्था गर्न, यात्रुहरुलाई सहजरुपमा गन्तव्यमा पु¥याउनका लागि देशभरका सम्पूर्ण व्यवसायी, संघ , समिति, प्रा.लि. हरुलाई व्यवस्थित रुपमा यातायात सञ्चालन गरि सबै यात्रुहरुलाई गन्तव्यस्म पु¥याउन समेत विज्ञप्तिद्वारा निर्देशित गरेकोे छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भोलिदेखि बसको टिकट बुकिङ खुल्ने बताएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web