१६ असोज, काठमाडौं ।
श्रीमती, छोरा छोरी र बुवा आमालाई छाडेर थाइ युवतीसँग बैंककमा बरालिएपछि परिवारबाट टाढिएका पारस शाहको सम्वन्ध श्रीमती हिमानीसँग सुधार भएको देखिएको छ ।

स्वदेश फर्कीएको बर्षदिनपछि एउटै कार्यक्रममा देखापरेका पारस र हिमानीले हात समातेर नाचेका छन् । त्यो पनि हिमानी शाहले आफ्नो संस्थाले गरेको कार्यक्रममा पूर्व युवराज दम्पत्ती नाचेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह दसैंको अवसर पारेर देशभरका मठमन्दिरमा पूजा आजामा सक्रिय हुन थालेकै बेलामा पूर्व राजपरिवारमा देखिएको पूर्नमिलनले राजसंस्थाको पतनपछि बिग्रमा देखिएको राजपरिवारले यो बर्षको दशैं विशेष खुशीका साथ मनाउने देखिएको छ ।

भूकम्प पीडितलाई राहत जुटाउन भन्दै पाँचतारे सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा पारस र हिमानीस दुवै खुशी र प्रफूल्ल देखिन्थे ।

जमरेऔंशीको भोलिपल्ट गणेश मन्दिरको पूजाआजाबाट पूर्वराजा ज्ञानेन्द्रको धार्मिक अभियान सुरु हुँदैछ ।

अष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने कार्यक्रम बनाएका शाहले मैतीदेवी, ज्ञानेश्वर लगायत एक दर्जन शक्तिपीठ जाने तयारी गरेका छन् ।

राजसंस्था रहेको बेलामा जस्तै राजशी ठाँट देखाउँदै आएका पूर्वराजाले यस बर्षपनि दशैंको टिकामा निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने भएका छन् ।

16.6¡ÆC