काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेटमा पञ्कन्या तेज र विशाल वारियर्स टिम विजयी भएका छन् ।

त्री वि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको पहिलो खेलमा पञ्कन्या तेजले कान्तिपुर गोर्खाजलाई ३४ रनले पराजित गरेको थियो ।

जितको लागि १ सय ३० रन पछ्याउने क्रममा कान्तिपुर २० ओभरमा ८ विकेट गुमाएर ९५ रनमा समेटिएको थियो ।

पञ्कन्या तेजका लागि ४ ओभरमा २१ रन दिएर ४ विकेट लिन सफल बलर दिपेन्द्र सिंह ऐरी यस खेलको प्लेएर अफ द म्याच घोषित भएका थिए ।

पञ्कन्या तेजका ब्याट्स् म्यान अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान गरेका थिए ।

पञ्कन्या तेजले यो समेत गरेर लगातार तिन खेल जित्दै ६ अङ्क प्राप्त गर्दै अङ्क तलिकामा शिर्ष स्थानमा रहेको छ ।

कीर्तिपुर मै भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राईनोजलाई ७ विकेटले पराजित गरेको थियो ।

वर्षाका कारण खेललाई १६ ओभरमा छोट्टाईएको थियो ।

जगदम्बा राईनोजले दिएको १ सय १५ रनको विजयी लक्ष्ये विशाल वारियर्सले १३।३ ओभरमा ३ विकेटको क्षेतिमा भेट्टाएको थियो ।

यो जित संगै विशाल वारियर्स ५ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

विशाल वारियर्सको तर्पmबाट कप्तान पारश खड्काले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

३८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अविजित ५६ रन बनाएका कप्तान पारश खड्का यस खेलमा प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

26.12¡ÆC