काठमाडौं, असोज ११ । इन्डोनेसियाको जकार्तामा हुने दोश्रो जोरखाने स्पोर्ट्स तथा कुस्ती विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट मंगलबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ ।

पहिलो चरणमा ९ पुरुष खेलाडीलाई १० दिने बन्द प्रशिक्षणमा राखिएको छ । ९ मध्ये ७ खेलाडीको अन्तिम छनोट गरिने अन्तर्राष्ट्रिय जोरखाने स्पोर्ट्स महासंघका अन्तर्राष्ट्रिय निर्णायक एवं प्राविधिक कमिटीका सदस्य रविन घिमिरेले जनाएका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा मिलन राना मगर, कमल श्रेष्ठ, अरुणप्रसाद सापकोटा, अनन्त अर्याल, सुमिर साह, अनुजसिंह श्रेष्ठ, मुकेशकुमार साह, कुन्दन सतुवा र ब्रम्हदेवप्रसाद यादव रहेका छन् ।

छनोटको अवलोकन गर्न इरानबाट अन्तर्राष्ट्रिय जोरखाने स्पोर्ट्स महासंघबाट फर्सिद जलाइली काठमाडौं आएका छन् । विश्व च्याम्पियनसिप अक्टोबर ६ देखि १२ तारिखसम्म हुनेछ ।

27.12¡ÆC