एसक्युसीको १२औं राष्ट्रिय सम्मेलन कार्तिकमा भक्तपुरमा

अशोज ९, २०७३ मा प्रकाशित | 920 views

९ असोज, भक्तपुर ।
बिद्यालय पाठ्क्रममा आधारित विद्यार्थी गुणीय चक्र(एसक्युसी)को १२औं राष्ट्रिय सम्मेलन आगामी कार्तिकमा भक्तपुरमा हुने भएको छ ।

सम्मेलन कार्तिक ५ र ६ भक्तपुर सल्लाघारीमा अवस्थित सैनिक आवासीय महाविद्यालयमा आयोजना हुने भएको भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले सम्मेलनमा देशका बिभिन्न जिल्लाबाट १ हजार २ सय भन्दा बढी प्रिन्सिपल, शिक्षक तथा  विद्यार्थी सहभागी हुने बताउनुभयो । क्वेस्ट नेपालका देशभर  रहेका १८ हवबाट छानिएका बिद्यार्थीमात्र  राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउने छन् ।

सम्मेलनमा सहभागी बिद्यार्थीले आफूले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याको बारेमा आफूले गरेको घटना अध्ययनका अनुभवहरु प्रस्तुत गर्ने र प्रतिभा देखाउने क्वेस्ट नेपालका बरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सैनिक आवासीय महाबिद्यालयका प्रिन्सीपल  तथा आयोजक संस्थाका सदस्य समीम ए समिमले यसले विद्यार्थीमा सर्वगुण सम्पन्न,असल र चलाख व्यक्तित्व निर्माण हुने बताउदै सम्मेलनका लागि तीब्र रुपमा तयारी भैरहेको बताउनुभयो ।

यो विधि प्रा.डा. दिनेश चापागाईंको अग्रसरतामा सन् १९९९ देखि नै विद्यार्थी गुणीय चक्र अर्थात् स्टुडेण्ट क्वालिटी सर्कलको नामले अनौपचारीक रुपले नेपालका विभिन्न विद्यालयहरुमा लागू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web