चाइना सिल्क रोड सम्बन्धि एक्स्पोमा सभामुख ओनसरी घर्तीले जे बोलिन्

अशोज ४, २०७३ मा प्रकाशित | 890 views

४ असोज, काठमाडौं ।
संसदका सभामुख ओनसरी घर्टी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चीनको गान्सु प्रान्तमा सुरु सिल्क रोड एक्सपोमा सहभागी भएकी छिन् ।

एक्सपोमा सम्बोधन गर्दै सभामुक घर्तीले नेपाललाई चीनले दिदै आएको महत्व र नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्याउँदै गरेको संबोधन यस्तो छ

-सर्वप्रथम मलाई निम्तो गरेकोमा धन्यवाद, एक्स्पोको सफलताको कामना ।

-चीनको हान डाइनेष्टी देखि प्रयोगमा आएको सिल्क रोड विभिन्न मुलुकहरुबीच संस्कृति, आर्थिक तथा व्यापारिक सम्बन्धको आधार बन्दै आएको छ । सिल्क रोड विश्व सम्पदा सूचिमै सूचिकृत हुनुले यसको महत्व प्रस्ट पारेको छ । सिल्क रोड एक्स्पोले प्रचिन समयदेखि रहदै आएको सो सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई पुनः एक पटक जोड्ने काम गरेको छ ।

–    सांस्कतिक आदान प्रदान विकास तथा शान्ति प्रवद्र्धनको उदेश्यसहित यो एक्स्पो आयोजना गरिएकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दछु ।

-   यस एक्स्पोका माध्यमबाट सिल्क रोडले जोडेका मुलुकहरुबीचको सांस्कतिक आदान प्रदान, आर्थिक सहकार्य र मित्रतालाई थप उचाईमा पु¥याउने मेरो विश्वास छ । यस एक्स्पोलाई हामीले एकआपासमा सहकार्य, समझदारी तथा मित्रता अभिवृद्धी गर्ने कुटनीतिक प्रयासको रुपमा लिएका छौं । आपसी सिमाना जोडिएको नेपाल र चीनकाबीचमा विगत लामो समयदेखी ऐतिहासिक सास्कृतिक र द्धिपक्षीय सम्वन्ध रही आएको छ ।

–    यस अवसरमा म नेपाललाई चीनले दिदै आएको महत्व र नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता समेत पुनः दोहो¥याउन चहान्छु ।

–    चीनले नेपालललाई गर्दै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा समते निरन्तरता पाउने अपेक्षा गरेको छु । नेपालका तर्फबाट यो एक्स्पोमा भएको उपस्थितिले पनि दुई देशबिचको सम्बन्ध भोलीका दिनमा थप मजवुत हुनेछ भन्ने विश्वास लिएको छु ।

–    सिल्क रोड एक्स्पोमा विश्वका ८५ देशका १५ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालका तर्फबाट सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री बर्षमान पुन संसद सचिवायलका महासचिव मनोहरप्रसाद भट्टराई लगायतको सहभागिता छ । सभामुख घर्ती शुनिवार नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web