काठमाडौंलाई दिल्लीको दुई बुँदाले ततायो

अशोज ३, २०७३ मा प्रकाशित | 939 views

काठमाडौं,असोज ३ – प्रधानमन्त्री प्रचण्डको भारतको राजकीय भ्रमणसम्बन्धी नयाँदिल्लीबाट जारी संयुक्त वक्तव्यले नेपालका राजनीतिक क्षेत्रलाई तताएको छ ।  नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रलाई तताएको त्यो बुँदा ११ मा भनिएको छ, ‘दुवै प्रधानमन्त्रीले विकासोन्मुख मुलुकहरुलाई संयुक्त राष्ट्रसंघ तथा अरु अन्र्ताष्ट्रिय मञ्चहरुमा पारस्पर निकट समन्वयमा रहेर काम गर्न असर पार्ने तथा संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय निकायहरुमा व्यापक सुधार गर्नुपर्नेलगायतका प्रमुख अन्तर्राष्ट्रिय विषयहरुमा दुई मुलुकका समान विचार रहेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पक्षले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको उम्मेद्वारीलाई नेपालले समर्थन गर्ने कुरा दोहोर्याएको थियो ।’ त्यस्तै आपत्ति मानिएको बुँदा नम्बर हो १३ । १३ नम्बर बुँदामा भनिएको छ– ‘भारतीय प्रधानमन्त्रीले नेपाल र भारतका बीच सामाजिक, आर्थिक, वैज्ञानिक र प्राविधिक विकासका लागि निकट साझेदारीलाई निरन्तरता दिने भारतको प्रतिबद्वता व्यक्त गर्नुभयो ।

दुवै प्रधानमन्त्रीले अधिकृतहरुलाई द्विपक्षीय आर्थिक र विकास सहयोगका चालु परियोजनाहरुको प्रगतिको निकट अनुगमन गर्न, अड्चनहरुलाई सम्बोधन गर्न र तदारुकताका साथ तिनलाई समयबद्व रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।

यस सन्दर्भमा, दुवै पक्षले काठमाडौंस्थित दूतावास र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने गरी उपल्लो सुपरीवेक्षण संयन्त्र बनाउन मञ्जुर भएको छन् जसले नियमित रुपमा चालु आर्थिक  र विकास परियेजना कार्यान्वयन गरिरहेका निकायहरुसँगै बसेर प्रगतिको समीक्षा गर्ने र तिनको कार्यान्वयनमा तदारुकता अपनाउने आवश्यक कदम चाल्नेछ ।’ आजको साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web